logo
२०८१ असोज ४ शुक्रवार



अष्ट्रेलियामा डढेलोबाट बच्न हजारौं सर्वसाधारण समुद्री तटमा पुगे

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


अष्ट्रेलियामा डढेलोबाट बच्न हजारौं सर्वसाधारण समुद्री तटमा पुगे


एजेन्सी
काठमाडौं, पुस १५ गते । डँढेलोबाट बाँच्न अष्ट्रेलियाको भिक्टोरिया र न्युसाउथ वेल्सका हजारौं सर्वसाधारण समुद्री तटमा पुगेका छन् । डँढेलोले वरिपरिको वायुमण्डल नै रातो देखिएको स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अष्ट्रेलियाको जङ्गलमा लाग्दै आएको डँढेलोले करीब दुई महिना यता सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । हालसम्म डँढेलोको कारण १२ जनाको मृत्यु भइसकेको छ । “हामी बंकरमा बस्न बाध्य भएका छौं, आकाश रातो हुन गएको छ र समुद्री तटको वरिपरि पनि चारैतिर खरानीको धुलो उडेको छ ।” स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयुले समुद्री तटमा बसेकाहरुको लागि भोजन, खानाको व्यवस्था गरिने बताउनुभयो । न्यु साउथ वेल्सका डेप्युटी कमीशन गैरी वरबोयजले भन्नुभयो, “परिस्थिति अत्यन्तै पीडादायी छ, बिहानैबाट डँढेलो लाग्न सुरु हुन्छ, हामीले उत्कृष्ट प्रयास गर्दागर्दै घटना भइरहेका हुन्छन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?