logo
२०८१ असोज ४ शुक्रवार



दूताबास सुरक्षाका लागि ७५० अमेरिकी सेना पठाइदै

अन्तर्राष्ट्रिय |


दूताबास सुरक्षाका लागि ७५० अमेरिकी सेना पठाइदै


एजेन्सी
काठमाडौं, पुस १६ गते । अमेरिकाले मध्यपूर्वमा करीब ७५० सेना तुरुन्तै पठाउने तयारी गरेको छ । रक्षा सचिब मार्क एस्परले लिख्ति वक्तब्य जारी गर्नुहुँदै उक्त तयारीबारे जानकारी गराउनुभएको छ ।
रक्षा सचिब एस्परले ‘कमाण्डर इन चिफ’को निर्देशनमा उत्तरी करोलिनास्थित ८२ औं डिभिजनबाट इराकमा अबको केही दिनभित्र परिचालन गरिने बताउनुभयो । बगदादमा मंगलबारको घटनापछि उत्पन्न सुरक्षा चुनौती हेरेर उपयुक्त निर्णय लिन लागेको एस्परले आफ्नो वक्तब्यमा उल्लेख गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै सी एन एनले सुरक्षाकर्मीलाई दूताबासको सुरक्षाको लागि परिचालन गर्ने जनाएको छ । मंगलबार एस्परले भने दूताबास, कुटनीतिज्ञ, कर्मचारी र सुरक्षाकर्मीको सुरक्षाको लागि सम्बन्धित राष्ट्रलाई आग्रह गर्ने नीति अपनाएको बताउनुभएको थियो । अमेरिकाले मंगलबार नै दुईवटा अपाचे हेलिकप्टर दूताबास क्षेत्रको आकाशमा पेट्रोलिङ्ग गर्न पठाएको छ ।
कुवेतस्थि आफ्नो सुरक्षा क्याम्पबाट अमेरिकाले एकसय सुरक्षाकर्मीलाई पनि दूताबास सुरक्षाको लागि पठाएको थियो । अमेरिकाले आइतबार इराक र सिरियामा इरान समर्थित विद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरेपछि इराकमा अमेरिकी दूताबास इरान समर्थित प्रदर्शनकारीको निशानामा परेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?