एजेन्सी
काठमाडौं, पुस १६ गते । गत् सेप्टेम्बर महिनादेखि सुरु भएको डढेलोले अष्ट्रेलियामा पछिल्ला दशकहरुमा सबैभन्दा बढी तबाही ल्याएको छ । अष्ट्रेलियाभरि एक दर्जन बढी ब्यक्तिको मृत्यु भइसकेको छ । न्यु साउथ वेल्समा मात्रै ९ सय बढी घर नष्ट भएका छन् । अमेरिकी अग्नि नियन्त्रकको सहयोग रहे पनि अधिकारीहरुले आगोको मुश्लो रोक्न सकेका छैनन् । ताप र खडेरीले अष्ट्रेलिया पिरोलिरहँदा अधिकांशले जलवायु परिवर्तनले प्रकोपको असर झनै बढी देखिएको बताएका छन् ।
कुन कुन क्षेत्रमा प्रकोप
अष्ट्रेलियाका अधिकांश राज्यमा डढेलोको प्रकोप देखिएको छ तर न्यु साउथ वेल्स सबैभन्दा बढी प्रभावित भएको छ । वनको झाडीबाट सुरु भएको डढेलो काष्ठजन्य क्षेत्र र राष्ट्रिय निकुञ्ज ‘ब्ल्यु माउन्टेन्स’ सम्म फैलिदैछ । अष्ट्रेलियाको मेलबर्न र सिड्नी जस्ता ठूला शहरहरु पनि डढेलो र आगोको मुश्लोले प्रभावित बनेको छ । जहाँ आगोले घरमा क्षति पुर्याएको छ र धुवाँले शहरी क्षेत्रको रिक्त भूभाग ढाकेको छ । डिसेम्बरको सुरुमा सिड्नीको वायु खतरनाक संकेतको एघार गुणा बढी प्रदूषित भएको मापन गरियो ।
किन लाग्दैछ आगो ?
सामान्य रुपमा समात्ने आगो प्रत्येक वर्ष गर्मी र सुख्खा याममा झाडीमा फैलन सहयोग गर्दै आएको छ । बिजुली चम्किनुलाई आगो लाग्ने प्रमुख कारणको रुपमा लिइएको छ । सुख्खा रहेको जङ्गली क्षेत्रको झाडीमा बिजुली चम्किदा उत्पन्न हुने तापले आगो सल्किन्छ । आइतबार मात्रै भिक्टोरियाको जिप्सल्याण्डमा बिजुली चम्किदा सल्किएको आगो करीब २० किलोमिटर परसम्म पाँच घण्टा भित्र फैलियो ।
इन्डोनेसिया र क्यालिफोर्नियामा पनि सुख्खा मौसममा नियमित आगो लाग्दै आएको छ । तर अष्ट्रेलियाको डढेलोबाट उत्पन्न हुने मुश्लो वायुसँगै टाढा टाढासम्म पुग्ने हुँदा प्रकोपको रुप लिँदै आएको छ ।
प्राकृतिक कारण बाहेक मानवीय त्रुटी र दोषले पनि आगो प्रकोपको रुपमा लिँदै आएको छ । नोभेम्बर महिनामा एक १९ वर्षिय स्वयंसेवकले छ हप्तामा सातपटक आगो सल्काएको आरोपमा पक्राउ परे ।
किन घातक हुन्छन् ?
सन् २००९ को एक शनिबार सल्किएको आगोले भिक्टोरियामा १७३ जनाको मृत्यु भयो । जुन अहिलेसम्मकै उच्च मानवीय क्षति हो । तर यसपटक भने अव्यवहारिक रुपमै आगोले प्रकोपको रुपमा लिएको छ । आगोबाट निस्कने ज्वालाले अग्नि नियन्त्रकलाई पनि नियन्त्रणमा लिन कठीनाइ उत्पन्न भएको छ । कतिपय अवस्थामा नियन्त्रकले नै ज्यान गुमाउन पुगेका छन् ।
तिब्र वेगमा चल्ने हावाले आगो र धुवाँ फैल्न सहयोग गर्दै आएको छ । न्युसाउथ वेल्समा गत सोमबार २८ वर्षीय एक स्वयंसेवकले चलाएको ट्रक हावामा उडाउँदा मृत्युको चपेटामा पर्नुभयो ।
क्षति कति ?
न्यु साउथ वेल्स अष्ट्रेलियामा सबैभन्दा बढी जनघनत्व भएको राज्य हो । जहाँ ९ सय घर नष्ट भएका छन् । ३५० मा क्षति पुगेको छ ।
आगोले करीब ३६ लाख हेक्टर जग्गामा क्षति पुगेको छ । पश्चिमी अष्ट्रेलियामा करीब १२ लाख हेक्टर क्षेत्रफलमा क्षति पुग्दा क्विन्सल्याण्डमा मात्रै दुई लाख ५० हजार हेक्टर क्षेत्रफल आगोको चपेटामा परेको छ । कोष्टारिकाको क्षेत्रफल भए जति करबि ५१ लाख हेक्टर क्षेत्रफल डढेलोको चपेटामा परेको छ ।
डढेलोले वातावरण र पारिस्थितिक पद्धतीमा समेत ठूलो क्षति पुगेको छ । संघीय वातावरण मन्त्री सुस्सान लेका बमोजिम न्युसाउथ वेल्सको करीब एक तिहाइ भालुको प्रजाति ‘कोयलास’को डढेलोमा मृत्यु भएको छ । करीब एक तिहाइको बासस्थान नष्ट भएको छ ।
नियन्त्रणको कस्तो प्रयास हुँदैछ ?
राज्य र संघीय सरकार महिनौंदेखि डढेलो संकटबाट मुक्तिका लागि प्रयास गर्दै आएको छ । न्युसाउथ वेल्स र क्विन्सल्याण्डले संकटकालको घोषणा गरेको छ । न्युसाउथ वेल्समा मात्रै करीब दुई हजार अग्नि नियन्त्रण परिचालित छन् । अमेरिका, क्यानाडा र न्युजिल्याण्डबाट अतिरिक्त मानवीय र प्राविधिक सहयोग थपिएका छन् ।
संघीय सरकारले संकटबाट मुक्ति पाउन तथा राहत र उद्धारमा जुटन सेना परिचालन गरेको छ । हवाई सेना, स्थल सेना र क्रुजशिपलाई खोज र उद्धार कार्यमा संलग्न गराइएको छ । अष्ट्रेलियाली प्रशासनले पुर्नस्थापनामा मात्रै करीब एक करोड २० लाख अमेरिकी डलर छुट्याएको छ । र प्रभावित प्रत्येक अग्नि नियन्त्रकलाई दश दिनका लागि चार हजार दुई सय अमेरिकी डलर प्रदान गर्ने निर्णय गरिएको छ ।
हिले अन्त्य हुन्छ ?
दुर्भाग्यवश अष्ट्रेलिया हालसालै गर्मी याममा प्रवेश गरेको छ । जनवरी र फेब्रुअरीमा तापक्रम सबैभन्दा बढी मापन गरिन्छ । त्यसो हुँदा अष्ट्रेलियाले डढेलोको प्रकोपबाट मुक्ति पाउन कम्तिमा दुई महिना कुर्नुपर्छ । यदी पछिल्ला वर्षहरुमा देखिएको प्रकोपलाई आधार मान्ने हो भने डढेलोको प्रकोप आगामी दिन र वर्षहरुमा अझै भयावह अवस्था निम्तिने अनुमान लगाउन सकिन्छ ।
(प्रस्तुतिः श्वरचन्द्र झा/ स्राेत सीएनएन)