logo
२०८१ असोज ४ शुक्रवार



हेलिकप्टर दुर्घटनामा ताइवानका सैन्य प्रमुखसहित शिर्ष अधिकारीको मृत्यु

अन्तर्राष्ट्रिय |


हेलिकप्टर दुर्घटनामा ताइवानका सैन्य प्रमुखसहित शिर्ष अधिकारीको मृत्यु


एजेन्सी
काठमाडौं, पुस १७ गते । ताइवानी हवाइ सेनाका शिर्ष अधिकारीसहित आठजनाको सैन्य हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । जनरल शेन यी मिङसहित १२ जना सबार उक्त ब्ल्याक हक हेलिकप्टर प्रतिकूल मौसमको कारण पहाडमा अवतरण गर्न खोज्दा दुर्घटना भएको हो ।
ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घटनाको पुष्टी गर्दै हेलिकप्टरमा सवार केही जिवितै रहेको जनाएको छ । जनरल शेन यी मिङ ताइपेइको उत्तर पूर्वमा रहेको एक सैन्य शिविरका लागि प्रस्थान गर्नुभएको थियो ।
ताइवान हवाइ सेनाले दुईवटा ब्ल्याक हक हेलिकप्टरसँगै ८० सिपाही सम्मिलित टोली ऊलै नजिकको दुर्घटनास्थल टोङघौ क्रिकमा पठाएको छ । सोङशनबाट बिहान करीब ८ बजे उडान भरेको हेलिकप्टर यिलानस्थित डोन्ङौमा नीरिक्षणका लागि पुग्ने कार्यक्रम रहेको थियो । तर ८ बजेर २२ मिनेट जाँदा उड्डयन अधिकारीहरुले हेलिकप्टरसँगको सम्पर्क विच्छेद हुँदा संकटमा अवतरण गरेको थियो ।
ताइवानले अमेरिकाबाट सन् २०१० मा ६० यू एच ६० एम ब्ल्याक हक हेलिकप्टर खरीद गरेको थियो । दुर्घटनापछि ताइवानका राष्ट्रपति सै इङ वेनले आफ्नो चुनाबी प्रचारप्रसार स्थगित गर्नुभएको छ । ११ जनवरीमा हुने चुनाबमा उहाँको पुनरागमनको अपेक्षा गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?