logo
२०८१ असोज ४ शुक्रवार



भारतमा ‘जेएनयू’का छात्रछात्रामाथि आक्रमणको विरोधमा प्रदर्शन तिब्र

अन्तर्राष्ट्रिय |


भारतमा ‘जेएनयू’का छात्रछात्रामाथि आक्रमणको विरोधमा प्रदर्शन तिब्र


एजेन्सी
काठमाडौं, पुस २१ गते । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका छात्रछात्रामाथि आक्रमण गरिएको घटनाको विरोधमा प्रदर्शन तिब्र बनेको छ । विभिन्न शहरमा आक्रमणकारलाई पहिचान गरी कारबाहीको मागसहित प्रदर्शन गरिएको छ । नकाब लगाएर आइतबार राति विश्वविद्यालय छिरेका अज्ञात ब्यक्तिहरुले जेएनयूका छात्रछात्रा र शिक्षकमाथि आक्रमण गरेको थियो । घटनापछि भारतको विभिन्न राज्यका छात्रछात्रा सडकमा उत्रेपछि हिंसाको रुप लिएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार जेएनयू विद्यार्थी संगठनका अध्यक्ष आइशे घोषका साथै ३० जना छात्रछात्रा आक्रमणमा परेर घाइते भएका छन् । आक्रमणपछि जेएनयूका छात्रछात्रा प्रदर्शनमा उत्रिदा हिंसा भड्किएको हो । अनुहार छोपेका आक्रमणकारीले विद्यार्थी र शिक्षकलाई डण्डी र लठीले प्रहार गर्दै विश्वविद्यालयको सम्पत्तीमा समेत क्षति पुर्याएका छन् ।
नकाब लगाएका आक्रमणकारीलाई प्रहरीले विश्वविद्यालयभित्र प्रवेश दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएको छ । आक्रमण घटना लगत्तै भारतको आर्थिक राजधानी मुम्बईसहित अलिगढको मुस्लिम विश्वविद्यालय र कलकत्ताको जाधवपुर विश्वविद्यालयका छात्रछात्राहरु शान्तीपूर्ण प्रदर्शन गर्दै जेएनयू छात्रछात्राको समूहलाई पहिचान गरी कारबाही गर्ने मागमा ऐक्यबद्धता जनाएका छन् ।
यसैबीच भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाबारे जानकारी लिन जेएनयू विश्वविद्यालयका प्रतिनिधिलाई छलफलमा आउन आग्रह गर्नुभएको छ । दिल्ली पुलिसले भने घटनामा अज्ञात समूह विरुद्ध ‘एफ आइ आर’ दत्र्ता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?