logo
२०८१ असोज ४ शुक्रवार



सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा कम्तिमा २० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा कम्तिमा २० जनाको मृत्यु


एजेन्सी
काठमाडौं, पुस २२ गते । इरानी कमाण्डर जनरलको अन्त्येष्टीमा भागदौड मच्चिदा कम्तिमा २० जनाको मृत्यु भएको छ । इरानी कमाण्डर जनरल कसिल सुलेमानीको अन्तिम विदाइको लागि श्रद्धाञ्जली दिन हजारौंको संख्यामा सर्वसाधारण जमा भएका थिए । भगदौडमा कम्तिमा ४८ जना घाइते भएको द डेली मेलले उल्लेख गरेको छ ।
अमेरिकी ड्रोन आक्रमणमा गत् शुक्रबार मृत्यु भएका कमाण्डर जनरल कसिम सुलेमानीको शव उहाँको गृहनगर केरमान पुर्याइएको थियो । सुलेमानीको शव राखिएको बाकस नजिक पुग्न हजारौं समर्थकले प्रयास गरेपछि भगदौड मच्चिएको थियो । केरमानमा आजै उहाँको अन्त्येष्टी गरिदैछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?