बीबीसी,
काठमाडौं, पुस २३ गते । इरानले इराकस्थित अमेरिकी सेनाको दुईवटा बेसमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी रक्षा विभागले आक्रमणको पुष्टी गरेको छ ।
इरानका स्टेट टेलिभिजनले शिर्ष कमाण्डर कसिम सुलेमानीको ड्रोन आक्रमणमा हत्याको प्रतिशोध स्वरुप अमेरिकी सेनाको बेसमा आक्रमण गरिएको जनाएको छ । पेन्टागनले इराकको इरबिल र अल अशदस्थित दुई स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणमा क्षतिबारे अझै स्पष्ट हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।
याे पनि पढ्रनुहाेस्
‘तेहरानले आक्रमण गरे इरानको ५२ स्थान लक्षित गरिएको छ’
अमेरिकी हवाई आक्रमणमा इरानी कमाण्डर जनरलको मृत्यु