logo
२०८१ असोज ४ शुक्रवार



विमान दुर्घटनाअघि ‘एन्टी एयरक्राफ्ट मिसाइल’ प्रहारको सम्भावनामाथि अध्ययन

अन्तर्राष्ट्रिय |


विमान दुर्घटनाअघि ‘एन्टी एयरक्राफ्ट मिसाइल’ प्रहारको सम्भावनामाथि अध्ययन


एजेन्सी
काठमाडौं, पुस २४ गते । यूक्रेनले तेहरानमा दुर्घटनामा परेको विमानको सम्भावित कारणबारे अनुसन्धान सुरु गरेको छ । बुधबार यूक्रेनी विमान पी एस ७५२ तेहरान नजिकै दुर्घटना हुँदै चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।
यूक्रेनको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का अध्यक्ष ओलेक्सी डेनिलोभले इरानी अधिकारीहरुसँग बिहीबार बैठक बसेर दुर्घटनाको कारणहरुबारे अध्ययन गरिने खुलाउनुभएको छ । उक्त अध्ययनमा विमानलाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ले प्रहार गरिएको सम्भावनामाथि समेत छलफल र अनुसन्धान गरिनेछ । प्राविधिक समस्याले विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक रुपमा भनिएपनि दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन् ।
सीएनएनका अनुसार अनुसन्धानको क्रममा विमानमा कुनै ड्रोन वा उड्ने कुनै वस्तुले प्रहार गरिएको थियो अथवा प्राविधिक समस्याले विमान विष्फोट भएको हो वा विमानभित्र कुनै आतंकवादी गतिविधिले विष्फोट हुन गएको सम्बन्धमा अध्ययन हुनेछ ।
इरानले क्षेप्यास्त्रबाट इराकस्थित अमेरिकी सैन्य शिविरमा दर्जनौं क्षेप्यास्त्रले आक्रमण गरेको केही घण्टा नबित्दै विमान दुर्घटना भएको थियो । उक्त विमान इरानको राजधानी तेहरानबाट यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो ।
इरानी विमानस्थलका अधिकारीहरुले भने विमानमा दुर्घटना अघि आगलागि भएको बताएको थियो । समस्या आएपछि दुर्घटना अघि विमानले आफ्नो दिशा परिवर्तन गरी विमानस्थलतर्फ मोडिएको प्रारम्भिक प्रतिवेदनमा दाबी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?