logo
२०८१ असोज ४ शुक्रवार



इरानविरुद्ध युद्धको लागि ट्रम्पको अधिकारमा कटौती

अन्तर्राष्ट्रिय |


इरानविरुद्ध युद्धको लागि ट्रम्पको अधिकारमा कटौती


एजेन्सी
काठमाडौं, पुस २५ गते । अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रजेन्टेटिभ’ले राष्ट्रपति डोनाल्ड ट्रम्पमा नीहित इरानसँग युद्ध गर्न सक्ने अधिकार कटौतीको प्रस्तावलाई स्वीकृत गरेको छ । तल्लो सदनले रिपब्लिकनको १९४ को विपरित डेमोक्रयाटको २२४ मतले उक्त प्रस्ताव पारित गरेको हो । तल्लो सदनबाट पारित उक्त प्रस्ताव रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदनबाट पारित गर्न कठीन हुनेछ ।
उक्त नीतिले इरानले आक्रमण गर्न लागेको खण्डमा मात्रै अमेरिकाले आक्रमण गर्ने अधिकार दिएको छ । तात्कालै इरान र अमेरिका दुबैले सैन्य आक्रमणको कुनै नीति लिएको देखिन्न । तल्लो सदनमा डेमोक्रयाट नेतृ एवम् सभामुख नैन्सी पेलोसीले भने इरानी कमाण्डर जनरल कसिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित राखेकोमा विश्वास नरहेको प्रतिक्रिया दिनुभयो ।
रिपब्लिकन नेता केभीन म्याक्कार्थीले भने बहुमतले पारित उक्त प्रस्तावलाई अर्थहीन मतदानको संज्ञा दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?