logo
२०८१ असोज ४ शुक्रवार



इरानमा सरकार विरुद्ध प्रदर्शन

अन्तर्राष्ट्रिय |


इरानमा सरकार विरुद्ध प्रदर्शन


एजेन्सी
काठमाडौं, पुस २७ गते । भुलवश यूक्रेनी विमान खसालिएको स्वीकारोक्तीपछि इरानमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ । तेहरानस्थित आमिर कबिर विश्वविद्यालय अगाडि हजारौंको संख्यामा सर्वसधारण जमा भएर सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जमा भएको भिडले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनइको राजिनामा माग्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले दुर्घटना लगत्तै विमान प्राविधिक समस्याले दुर्घटनाग्रस्त भएको सरकारी प्रतिक्रिया गैरजवाफदेही रहेको भन्दै आलोचना समेत गरेको छ ।
अमेरिकाले कमाण्डर जनरल कसिम सुलेमानीको बगदादमा हत्या गरेपछि इरानले प्रतिशोध स्वरुप इराकस्थित अमेरिकी शैन्य शिविरमा क्षेप्यास्त्र प्रहार गरेको केही घण्टामै तेहरानमा यूक्रेनी विमान दुर्घटना भएको थियो । इरानले शुक्रबार उक्त विमानमा भुलवश क्षेप्यास्त्र प्रहार गरिएको स्वीकार गरेपछि सरकार विरोधी प्रदर्शन हुन थालेको हो ।
सी एन एनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरुद्धको प्रदर्शनमा समर्थन जनाउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?