logo
२०८१ असोज ४ शुक्रवार



हिउँमा पुरेको १८ घण्टापछि जिवितै उद्धार

अन्तर्राष्ट्रिय |


हिउँमा पुरेको १८ घण्टापछि जिवितै उद्धार


एजेन्सी
काठमाडौं, माघ २ गते । हिउँमा पुरेको १८ घण्टापछि एकजना किशोरीलाई जिवितै उद्धार गरिएको छ । पाकिस्तान नियन्त्रित काश्मिरमा हिमपातमा पुरिएकी एक १२ वर्षीया किशोरीको उद्धार गरिएको हो ।
रोयटर्ससँग कुराकानी गर्दै समीना बिबिले हिमपातमा घर पुरिएपछि सहयोगका लागि चिच्याएर बसेको बताउनुभयो । उद्धार हुनुअघि आफू घरभित्रै मर्ने सोचेको बताउनुभयो ।
पाकिस्तानि नियन्त्रित काश्मिरको निलम उपत्यकामा हिमपातले हालसम्म कम्तिमा ७४ जनाको मृत्यु भइसकेको छ । हिमपातले भारत प्रशासित काश्मिर र अफगानिस्तानको केही भूभाग पनि प्रभावित भएको छ ।
हिमपातमै फसेकि समीनालाई बकवाली गाउँबाट उद्धार गरियो । उहाँलाई मुज्जफराबादस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ । उहाँकी आमा शहनाज बिबिले हिम पहिरो आउनु अघि घरका सबै सदस्यहरु तीन तले घरमा आगो तापेर बसेको बताउनुभयो । आँखा झिमिक्क पार्दा घर नै पुरिसकेको थियो । उहाँले छोरीको जिवितै उद्धार हुने आशा आफूहरुले त्यागिसकेको बताउनुभयो ।
सरकारी अधिकारीहरुले हिमपातमा कम्तिमा एकसय जनाको मृत्यु भइसकेको जनाएको छ । भारत प्रशासित काश्मिरमा पनि हिमपातमा कम्तिमा आठ जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?