logo
२०८१ असोज ४ शुक्रवार



चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

अन्तर्राष्ट्रिय |


चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक


सिड्नी, माघ १८ गते । अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अष्ट्रेलियाली अधिकारीहरुले उक्त सुरक्षाका उपाय कडाइपूर्वक अवलम्बन गरिने जनाएका छन् ।
चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भन्नुभयो, “अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अष्ट्रेलिया आउन अनुमति दिइनेछ ।”
शनिबार साँझ सिड्नीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनले फेब्रुअरी एकपछि चीनको मुख्यभूमीबाट अष्ट्रेलिया प्रवेश गरे १४ दिनसम्म अलग्गिएर बस्नुपर्ने प्रष्ट्याउनुभयो । चीनमा फैलिदो कोरोना भाइरसको संक्रमणपछि अष्ट्रेलियाले चीन भ्रमणमा समेत आफ्ना नागरिकलाई रोक लगाएको छ । शनिबारसम्म अष्ट्रेलियामा कोरोना भाइरसका दशजना संक्रमित फेला परेका छन् ।
उहाँले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताउनुभयो अष्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?