logo
२०८१ बैशाख २८ शुक्रवार



उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको मृत्यु


कुन्दुज, माघ १९ गते । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ । जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरु रहेको जानकारी दिनुभयो । उहाँले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताउनुभयो ।

भिडन्तका क्रममा तीन जना प्रहरीको मृत्यु भएको र अरु चार जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताउनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।
बाघलानमा सात लडाकू मारिए
उत्तरी बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा तालिबान विरुद्ध सरकारी फौजले गरेको हवाई आक्रमणमा सात जना लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक विज्ञप्तिमा बाघलान जिल्लाको मघाल गाउँमा शनिबार अबेर राति हवाई कारबाही गरिएको र त्यसमा अरु आठ जना लडाकू घाइते भएको उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?