logo
२०८१ असोज ४ शुक्रवार



इराकका पूर्व सञ्चारमन्त्री प्रधानमन्त्रीमा नियुक्त

अन्तर्राष्ट्रिय |


इराकका पूर्व सञ्चारमन्त्री प्रधानमन्त्रीमा नियुक्त


एजेन्सी
काठमाडौं, माघ १८ गते । चार महिनाको प्रदर्शनपछि इराकमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति बरहाम सलेहले पूर्व सञ्चारमन्त्री मोहम्मद तौफिक अल्लावीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
निवर्तमान प्रधानमन्त्री अदिल अब्दुल महदीले सरकार विरुद्ध देशब्यापी प्रदर्शनपछि राजिनामा गर्नुभएको थियो । प्रदर्शनमा सयौं सर्वसाधारणको मृत्यु भएको थियो । प्रधानमन्त्रीमा नियुक्त मोहम्मद अल्लावीलाई सरकार गठन गर्न एक महिना समय पाउनुभएको छ । निर्वाचनको पूर्वसन्ध्यासम्म उहाँले सरकारको नेतृत्व गर्नुहुनेछ ।
राष्ट्रपति सलेहले संसदलाई प्रधानमन्त्री चयन गर्न समयसीमा तोक्नुभएको थियो । तर प्रदर्शनकारीले विभिन्न उम्मेदवारलाई अस्वीकार गरेपछि संसदबाट नभई राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति गर्नुपरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सिया समुदायका अल्लावी लेबनान र बेलायतमा अध्ययन गरेर फर्केपछि सन् २००३ को उथलपुथलसँगै राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ दुई पटक सञ्चारमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?