logo
२०८१ असोज ४ शुक्रवार



‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ बिक्री !

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |
समाज |


‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ बिक्री !


एजेन्सी
काठमाडौं, माघ २० गते । भारतको बलिऊडबाट उत्पादित ‘रन’ फिल्ममा ‘कौवा बिरयानी’मा आधारित करिब दश मिनेटको हास्यश्रृखंला प्रस्तुत गरिएको छ । उक्त श्रृखंलामा अभिनेता विजय राजले दिल्लीको सडकछेऊमा ‘चिकेन बिरयानी’को नाममा ‘कौवा बिरयानी’ खान पुगेको दृश्य निकै नै चर्चित बनेको थियो । तर फिल्ममा देखाइएको उक्त दृश्य भने भारतकै अर्को एक राज्यमा वास्तविक घटनाको रुप लिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार तमिलनाडुको सडक छेऊमा राखिने ठेलागाडीमा यस्तै ‘कौवा बिरयानी’ बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने एक ब्यापारीको चर्तिकला सामुने आएको छ । तमिलनाडुको चर्चित रामेश्वरम् मन्दिर नजिकै ‘कौवा बिरयानी’ बेच्ने एक ब्यापारीलाई सरकारी अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । खाद्य विभागले छापामारी गर्दा ठेलागाडीमा ‘चिकेन बिरयानी’ भनेर बिक्री गरिएको मासु ‘कौवा’को पाइएको छ ।
फिल्ममा देखाइए जस्तै ‘चिकेन बिरयानी’को नाममा ‘कौवा’को मासु पकाएर सस्तोमा बिक्रि गरिएको रहस्योद्घाटन भयो । प्रहरीले उक्त कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेका छन् । दुबैजनाबाट करिब १५० वटा मरेको ‘कौवा’ बरामद गरिएको छ ।
प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले रामेश्वरम् मन्दिरमा दर्शनका लागि आउनुभएका श्रद्धालुको शंकाको भरमा विभागले छापामारी गरेको थियो । श्रद्धालुले प्रत्येक दिन रामेश्वरम् मन्दिरमा कौवालाई आहार खुवाउने गरेका छन् । तर केही दिन यता मरेको कौवा फेला परेको थियो । श्रद्धालुले उक्त घटनाबारे प्रहरीलाई जानकारी गरायो । प्रहरीले घटनाको अनुसन्धान गर्दा केही व्यक्तिले विषादी मिसिएको चामललाई कौवाको आहारको रुपमा प्रयोग गरेको पाइयो ।
प्रहरीले कौवाको मासु बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुले मरेको कौवा ठेला राख्ने ब्यापारीलाई बेच्दै आएको खुलाए । पसलेलेलाई सोध्दा काैवाकाे मासुलाई ‘चिकेन ललिपप’ बनाएर सस्तोमा बिक्री गर्दै आएको खुल्न आयो । जसबाट राम्रो आय आर्जन भएको उनीहरुले दाबी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?