logo
२०८१ असोज ५ शनिवार



केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

अन्तर्राष्ट्रिय |


केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने


नयाँ दिल्ली, माघ २९ गते । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लाग्नु भएको हो ।
सामाजिक अभियन्ता अन्ना हजारेसँग लामो समयसम्म दिल्लीस्थित रामलिला मैदानमा संघर्षका कार्यक्रम चलाएका केजरिवाल सपथ ग्रहणका लागि उक्त स्थान नै चयन गर्नुहुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय हासिल गरेको थियो ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार तीन पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय काँग्रेसले पछिल्ला दुबै चुनावमा खाता समेत खोल्न सकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?