logo
२०८१ असोज ५ शनिवार



बिहारमा नेपाली युवकको गोली हानी हत्या

अन्तर्राष्ट्रिय |


बिहारमा नेपाली युवकको गोली हानी हत्या


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन १ गते । सप्तरीको बोदेवर्साइन नगरपालिकाका एक युवकको भारत बिहारको मधुवनी जिल्लामा गोली हानी हत्या गरिएको छ ।

भारतको विहार स्थित झन्झारपुर गएर फर्कने क्रममा बोदे बरसाईन नगरपालिका १० अमरैयाँ बस्ने २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । यादव बोदेबर्साईन ५ जाँजर मामा घरमा बस्दै आएका थिए ।

बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ सत्येन्द्र यादवको ग्यारेजमा कार्यरत डम्बर ग्यारेजकै कामले झन्झारपुर गएका थिए । घटनाका बेला सत्येन्द्रका भाइ सुरेन्द्र र वोदेवर्साइन ८ का अनिल यादवसँगै रहेको बताइएको छ ।
सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई मंगलबार साँझ घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको एक समूहले नेशनल हाइवेमै गोली हानेको सुरेन्द्र र अनिलले परिवारजनलाई जानकारी दिएको छ । पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको उनीहरुले बताएका छन् । गोली लागेर डम्बरको घटनास्थलमै मृत्यु भएको थियो ।

उनको शव भारतमै परीक्षण गरी बुधबार परिवारको जिम्मा लगाइएको र आजै अन्तिम संस्कार पनि गरिएको प्रनानि भारतीले जानकारी दिनुभयो । मृतक सँगै रहेका सुरेन्द्र र अनिल सकुशल छन् । घटना बारेमा जानकारी पाए पनि विस्तृत जानकारी अझै नआएको उहाँले बताउनुभयो । घटना सम्बन्धमा थप जानकारी लिने प्रयास भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?