logo
२०८१ असोज ५ शनिवार



यमनमा सऊदी अरबको युद्धक विमान दुर्घटनाग्रस्त

अन्तर्राष्ट्रिय |


यमनमा सऊदी अरबको युद्धक विमान दुर्घटनाग्रस्त


एजेन्सी
काठमाडौं, फागुन ४ गते । यमनमा युद्धग्रस्त सऊदी अरबको लडाकू विमान दुर्घटना भएको छ । यमनको उत्तरी प्रान्त अल जाफमा दुर्घटना भएको हो ।
युद्धमा सहभागी राष्ट्रहरुको गठबन्धनका प्रवक्ताले सऊदीको टोर्नाडो लडाकू विमान दुर्घटनामा परेको पुष्टि गर्नुभएको छ । उक्त विमान यमनको सैन्य शिविरमा सहयोग लिएर गईरहेको बेला दुर्घटनामा परेको सऊदी अरबको सरकारी समाचार संस्था एसपीएले उल्लेख गरेको छ ।
यमनका हुथी विद्रोहीले भने शुक्रबार राति उक्त विमान आफूहरुले आक्रमण गरी खसालेको दाबी गरेका छन् । विद्रोही संगठनले उक्त विमानलाई क्षेप्यास्त्र आक्रमण गरी खसालेको दाबी गरेका हुन् । सऊदी अरबले भने दुर्घटनाग्रस्त क्षेत्रमा खोज र उद्धारको कार्य गरिरहेको जनाएको छ ।
सऊदी अरबले शनिबार अल जाफ प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तिमा ३१ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । सऊदी अरबले भने शनिबार खोज र उद्धार कार्य गरेको थियो । उसले सर्वसाधारणको मृत्यु भएको हुनसक्ने बताएको छ ।
यमनमा हुथी विद्रोही विरुद्ध सऊदी अरब सन् २०१५ देखि संघर्ष गर्दै आएको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको सरकारलाई हुथी विद्रोहीले बहिष्कार गरेपछि सऊदी अरबले हस्तक्षेप गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?