logo
२०८१ असोज ५ शनिवार



अमेरिकी राष्ट्रपति ट्रम्प भारत पुग्न आतुर

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्प भारत पुग्न आतुर


एजेन्सी

काठमाडौं, फागुन १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा भारत पुग्न लाग्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हो । उहाँले हिन्दीमा ट्वीट गर्नुहुँदै भारत पुग्न उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।

‘एयर फोर्स वान’बाट ट्वीट गर्नुहुँदै राष्ट्रपति ट्रम्पले अबको केही घण्टामै अमेरिका पुग्ने जानकारी साझा गर्नुभएको छ । अहमदाबादमा अवतरण गर्नुपूर्व उहाँले ट्वीट गर्नुभयो । अमेरिकाबाट प्रस्थान गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझै सशक्त हुने विश्वास ब्यक्त गर्नुभएको छ ।

ट्रम्पले भारतको अहमदाबादमा ‘नमस्ते ट्रम्प’ नाम दिइएको एक समारोहको सम्बोधन गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदीले विमानस्थलमा अमेरिकी राष्ट्रपति ट्रम्पको स्वागत गर्नुहुनेछ । लगत्तै उहाँले अहमदाबादस्थित मोटेरा रङ्शालामा आयोजना हुने समारोहमा सहभागी हुनुहुनेछ ।

यसअघि अमेरिकी राष्ट्रपति हुँदा बराक ओबामाले आफ्नो दुबै कार्यकालको क्रममा भारत पुग्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?