logo
२०८१ असोज ५ शनिवार

  ट्रम्प भारत भ्रमणमा 



भारत र अमेरिकी गठबन्धनलाई विश्वमै पुनर्जीवित गर्ने घाेषणा

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


भारत र अमेरिकी गठबन्धनलाई विश्वमै पुनर्जीवित गर्ने घाेषणा


इश्वरचन्द्र झा
काठमाडौं, फागुन १२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतर अमेरिका कट्टरपन्थी इस्लामिक आतंकवादबाट आफ्नो देशको जनतालाई रक्षा गर्न प्रतिबद्ध रहेको टिप्पणी गर्नुभएको छ । उहाँले भारतसँगको रक्षा सम्बन्ध महत्वपूर्णरुपमा बिस्तार भइरहेको बताउनुभयो ।
दुई दिने भ्रमणको क्रममा सोमबार भारत आउनुभएका ट्रम्पले अहमदाबादस्थित मोटेरा रङ्गशालामा आयोजित ‘नमस्ते ट्रम्प’समारोहलाई सम्बोधन गर्नुहुँदै यस्तो धारणा राख्नुभएको हो । उहाँले भारतसँगको ब्यापार सम्झौता शानदार रुपले अगाडि बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत् स्वतन्त्रतालाई अँगाल्दै आएको भारत कानूनी शासन, मानवीय गरिमाको उच्च कदर सँगसँगै त्यसप्रित भक्तिभाव देखाउने परम्पराको प्रशंसा गर्नुभयो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पको यो पहिलो भारत भ्रमण हो । यसअघि उहाँ सन् २०१४ मा भारत भ्रमण गर्नुभएको थियो । स्वतन्त्र नागरिकको रुपमा उहाँले उक्त भ्रमण गर्नुभएको थियो । मुम्बईमा त्यत्तिबेला निर्माणाधीन ट्रम्प टावरबारे जानकारी लिन उहाँ भारत पुग्नुभएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपतिको रुपमा बराक ओबामाले सन् २०१५ मा भारतको भ्रमण गर्नुभएको थियो । ट्रम्पलले अमेरिका भारतको वफादार मित्र रहने बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्नुहुँदै उहाँले भन्नुभयो, “देश विकासका लागि दिन रात काम गर्ने उहाँ असाधारण नेता हुनुहुन्छ ।”
भारत र अमेरिका आतंकवाद र उक्त विचारधारा विरुद्ध लड्न प्रतिबद्ध रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसै कारणले आतंकवादी समूहलाई परास्त गर्न पाकिस्तानसँग आफ्नो सरकार सहकार्य गरिरहेको छ ।” ट्रम्प आफ्नो श्रीमती मेलेनिया, छोरी इभाना र ज्वाँई जरेद कुष्णेरसँगै भारत पुग्नुभएको छ ।
उहाँले मंगलबार भारतसँग दुई अर्ब अमेरिकी डलरको रक्षा सम्झौता गर्ने घोषणा गर्नुभयो । “भारत र अमेरिकाबीच प्राकृतिक र सहनशील मित्रता छ”, भन्नुहुँदै हर्षोल्लास मनाएको भिडलाई सम्बोधन गर्नुहुँदै उहाँले थप्नुभयो, “हामी छिट्टै भारत र अमेरिकी गठबन्धनलाई विश्वमै पुनर्जीवित गर्नेछौं । यसअघि ट्रम्पको भारत भ्रमणको क्रममा ब्यापारिक सम्झौता नहुने अनुमान गरिएको छ ।
ट्रम्पले बलिऊड उत्पादित चलचित्र ‘डी डी एल जे’ र ‘शोले’को सफलतासँगै खेलकूदका महान खेलाडी सचिन तेन्दुलकर र विराट कोहलीको सफलताले भारतीय सांस्कृतिक विविधताबारे आफ्नो धारणा राख्नुभयो ।
राष्ट्रपति ट्रम्प परिवारसहित सोमबार नै भारतको प्रसिद्ध शहर आगराका लागि प्रस्थान गर्नुभएको हो । आगरामा उहाँले ताजमहलको अवलोकन गर्नुहुनेछ । त्यस लगत्तै उहाँ भारतको राजधानी नयाँ दिल्लीको लागि प्रस्थान गर्नुहुनेछ ।
यसैबीच, भारतको प्रमुख प्रतिपक्षी दल काँग्रेस आईले प्रधानमन्त्री मोदीको आलोचना गरेको छ । उसले आर्थिक वृद्धि दर घट्दै गएको, बेरोजगारी बढ्नुका साथै सामुदायिक सद्भाव बिग्रदै गएकोप्रति चिन्ता ब्यक्त गरेको छ । सत्तारुढ भारतीय जनता पार्टीको गलत अर्थनीतिले गत् जनवरीमा ६.९ प्रतिशत रहेको बेरोजगारी दर यसवर्ष ७.८ प्रतिशत पुगेको उसको दाबी छ ।
शाकाहारी नखाने ट्रम्प
सऊदी अरब वा सिंगापुरको भ्रमण गर्दा ट्रम्पलाई खानामा घरेलु परिकार पस्किने गरिएको छ । उहाँको सहजताका लागि उक्त परिकार पस्किदै आएको छ । भोजनमा मासुको परिकार ट्रम्पलाई मन पर्छ । भारतमा सार्वजनिक स्थलमा बिक्रि वितरण नहुने गाईको मासु मन पराउने उहाँलाई शाकाहारी खाना नै पस्किने तयारी गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले भारत भ्रमणको क्रममा ट्रम्पको भोजनबारे विशेष रुचीसहित समाचार लेखेको छ । शाकाहारी खान नरुचाउने ट्रम्पलाई राष्ट्रपति भवनमा मंगलबार दिइने रात्रीभोजमा शाकाहारी खाना नै पस्किने तयारी गरिएको छ ।
त्यसअघि उहाँले भारतीय प्रधानमन्त्रीसँग दिवा खाजा लिनुहुनेछ । मोदी नजिक रहेर खाना तयारी गरिरहेकालाई उद्धृत गर्दै सीएनएनले उहाँलाई सल्लादसहितको भोजन पस्किने तयारी गरिएको उल्लेख गरेको छ । सीएनएनले ट्रम्प नजिकका एकजनालाई उद्धृत गर्दै लेखेको छ, “सलाद खादै आएको देखेको छु, तर खानामा तरकारी उहाँ अहिलेसम्म लिनुभएको छैन् ।” (सीएनएन, टाइम्स अफ इण्डियाकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?