logo
२०८१ असोज ५ शनिवार



सऊदी अरब राजपरिवारका तीन सदस्य पक्राउ

अन्तर्राष्ट्रिय |


सऊदी अरब राजपरिवारका तीन सदस्य पक्राउ
तस्वीर–बीबीसी मोहम्मद बिन नएफ (दायाँ), मोहम्मद बिन सलमान


एजेन्सी
काठमाडौं, फागुन २४ गते । सऊदी अरबको शाही परिवारका तीनजना वरिष्ठ सदस्यलाई पक्राउ गरिएको छ । पक्राउबारे कुनै कारण खुलाइएको छैन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पर्नेमा तीनजनामध्ये राजाका भाइसहित राजपरिवारका प्रभावशाली ब्यक्तिहरु रहेका छन् । पक्राउ पर्नेमा राजाका कान्छो भाइ अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नएफ र राजपरिवारका अर्का सदस्य नवाफ बिन नएफ रहनुभएको बीबीसीले जनाएको छ । ७८ वर्षीय अहमद बिन अब्दुलाजिज राजाका एकल जिवित भाई हुन ।
राजकुमार मोहम्मद बिन सलमानले सत्ता आफ्नो हातमा लिने प्रसङ्गसँग जोडेर उनीहरुलाई पक्राउ गरिएको हुन सक्ने बीबीसीले जनाएको छ ।
सन् २०१७ मा राजकुमार सलमानले पक्राउको आदेश गरेपछि शाही परिवारका दर्जनौं सदस्यसहित मन्त्री र ब्यापारीहरु रियादस्थित रिज काल्र्टन होटेलमा सीमित हुन पुगेको थियो । सलमानलाई सन् २०१६ मा राजकुमार घोषणा गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?