logo
२०८१ असोज ५ शनिवार



क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटेल भत्किदा छ जनाको मृत्यु, २८ हराउँदै

अन्तर्राष्ट्रिय |


क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटेल भत्किदा छ जनाको मृत्यु,  २८ हराउँदै


एजेन्सी
काठमाडौं, फागुन २५ गते । कोरोना भाइरस क्वारेन्टाइनका लागि प्रयोग गरिएको एक होटेल भत्किदा चीनको फुजियान प्रान्तस्थित क्वान्झाऊ शहरमा छ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा कम्तिमा २८ जना हराइरहेका छन् ।
चिनियाँ अधिकारीहरुका अनुसार भत्किनुअघि होटेलमा कुल ७१ जना रहेकोमा दर्जनौंको उद्धार गरिएको छ । शनिबार साँझ भएको उक्त घटनाको कारण स्पष्ट भइनसकेको बीबीसीले जनाएको छ ।
चिनियाँ सरकारी मीडिया अनुसार कोरोना भाइरस संक्रमितको सामीप्यमा रहेकाहरुलाई अलग्याएर उक्त होटेलमा राखिएको थियो । ७१ जनामध्ये कोरोना भाइरस बिरामीसँग नजिकिएका ५८ जनालाई होटेलमा राखिएको थियो । भवनको पहिलो तल्लालाई चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यादेखि अन्वेषणको कार्य गरिएको थियो ।
भाइरसको उत्पत्ति भएको वुहानबाट करिब एक हजार किलोमिटर टाढा रहेको क्वान्झाउ शहरमा कोरोना भाइरसको ४७ जना संक्रमित रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?