logo
२०८१ असोज ५ शनिवार



इराकस्थित अमेरिकी–बेलायती सैन्य शिविरमा आक्रमण, तीनको मृत्यु

अन्तर्राष्ट्रिय |


इराकस्थित अमेरिकी–बेलायती सैन्य शिविरमा आक्रमण, तीनको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन २९ गते । इराकस्थित अमेरिकी र बेलायती सैन्य शिविरमा गरिएको रकेट आक्रमणमा तीनजनाको मृत्यु भएको छ । इराकको राजधानी बगदादको उत्तरी भेगमा अवस्थित ताजी सैन्य शिविरमा गरिएको आक्रमणमा कम्तिमा १२ जना घाइते भएका छन् ।
अमेरिकी सैन्य स्रोतलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी सिपाही, ठेकेदार र बेलायती सिपाही गरी तीनजनाको मृत्यु भएको उल्लेख गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा इरानका वरिष्ठ कमाण्डर कसीम सुलेमानीको मृत्युपछि इराकमा उब्जिएको तनाब यथावत रहेको छ ।
इराक र सिरियास्थित अमेरिकी सैन्य गठबन्धनले एक वक्तब्य जारी गरी सैन्य शिविरमा १८ वटा रकेट प्रहार गरिएकोमा तीनजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?