logo
२०८१ असोज ५ शनिवार



बलात्कार मुद्दामा हलिऊडका प्रोड्युसर वैन्स्टनलाई २३ वर्षको जेल सजाय

अन्तर्राष्ट्रिय |


बलात्कार मुद्दामा हलिऊडका प्रोड्युसर वैन्स्टनलाई २३ वर्षको जेल सजाय


एजेन्सी
काठमाडौं, फागुन २९ गते । यौन दुव्र्यवहार तथा बलात्कार मुद्दामा अमेरिकी फिल्म प्रोड्युसर हार्वी वैन्स्टैनलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । गत् महिना न्युर्योकको एक अदालतमा भएको बहसपछि उहाँलाई दोषी ठहर गरिएको छ । वैन्स्टन हलिऊडका सबैभन्दा शक्तिशाली व्यक्तित्वका रुपमा चिनिनुहुन्थ्यो ।
६७ वर्षीय वैन्स्टन बुधबार अदालतमा व्हिल चियरमा बस्दै उपस्थित हुनुभएको थियो । उहाँको पक्षमा बहस गर्नुभएका कानून व्यवसायीले भने न्यायधीश समक्ष उदारता देखाउन आग्रह गर्नुभएको थियो । अदालतमा वैन्स्टनका कानून व्यवसायीले पाँच वर्षको सजाय पनि आजिवन जस्तै हुने दलिल दिनुभएको थियो ।
तर विपक्षी कानून व्यवसायीले आफूले गरेको कामको पश्चाताप समेत नगर्ने वैन्स्टनमाथि आजिवन काराबासको सजाय माग गरेका थिए ।
अक्टोबर २०१७ देखि दर्जनौं महिलाले यौन दुव्र्यवहार, बलात्कार लगायतको आरोप लगाउँदै वैन्स्टनमाथि कारबाहीको माग गर्दै सडकमा उत्रिएको थियो । वैन्स्टैनले भने आफूमाथि लगाइएको आरोप कहिल्यै स्वीकार गर्नुभएन । तर उक्त आरोप सम्बन्धमा गरिएको बहस उहाँमाथि लगाइएको पहिलो मुद्दा मात्रै थियो ।
दुव्यर्वहार र बलात्कारकै मुद्दामा लास एन्जेल्समा पनि चाँडै सुनुवाई बीबीसीले जनाएको छ । मुटुको शल्यक्रिया गराउनुभएका वैन्स्टनलाई अदालती आदेश लगत्तै छातीमा पीडा सुरु भएपछि अस्पताल भर्ना गरिएको छ ।
वैन्स्टनले सन् २००६ मा प्रोडक्शन सहयोगि मिरियम हैलीसँग अपराधिक यौन गतिविधि गर्नुभएको थियो । सन् २०१३ मा उहाँले नायिका जस्सीका मन्नलाई उत्प्रेरित गरेको आरोप थियो ।
उहाँमाथि मुद्दा चलाएका छ जनै पीडित बुधबार अदालतमा बसेर बहसपछि अन्तिम आदेशसम्म कुरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?