logo
२०८१ असोज ५ शनिवार



‘टोक्यो ओलम्पिक समयमै हुन्छ’

अन्तर्राष्ट्रिय |
खेलकुद |


‘टोक्यो ओलम्पिक समयमै हुन्छ’


एजेन्सी
काठमाडौं, चैत्त २ गते । जापानका प्रधानमन्त्री शिन्जो आबेइले टोक्यो ओलम्पिक निर्धारित समयमै हुने बताउनुभएको छ । खेलकुदका अधिकांश गतिविधि कोरोना भाइरसको संक्रमणले स्थगित भइरहँदा जुलाइ महिनाको लागि निर्धारित टोक्यो ओलम्पिक समयमै हुने प्रधानमन्त्री आबेईले प्रष्ट्याउनुभएको हो ।
प्रधानमन्त्री आबेइले टोक्यो ओलम्पिक रोक्ने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा निर्भर रहेको बताउनुभयो । आबेइले भन्नुभयो, “संक्रमणबाट हामी मुक्त हुनेछौं र बिना कुनै समस्याले तयार गरिएको योजना बमोजिम नै टोक्यो २०२० जारी रहनेछ ।”
जापानमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ४ सय छ । २८ जनाको मृत्यु भएको छ । मार्च २६ मा जापानको भागको ओलम्पिक टर्च रिले फुकुशिमाबाट सुरु हुनेछ । दर्शक बिना प्राचीन ओलम्पियामा टर्च प्रज्जवलन समारोह शुक्रबार सम्पन्न भएको छ । अमेरिकामा ओलम्पिकको अभ्यास र छनोट खेलहरु स्थगित गरिएको छ । तर शनिबारका लागि तय गरिएको बक्सिङ्गको छनोट खेल लण्डनमा पूर्वनिर्धारण बमोजिम नै हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?