logo
२०८१ असोज ५ शनिवार



भ्याटिकन सिटिमा पोप फ्रान्सिसको एक्लो यात्रा

अन्तर्राष्ट्रिय |


भ्याटिकन सिटिमा पोप फ्रान्सिसको एक्लो यात्रा
तस्विर– सीएनएन, सेन्ट पिटर्समा पोप फ्रान्सिस प्रार्थनापछि साप्ताहिक आर्शिवाद दिनुहुँदै


एजेन्सी
काठमाडौं, चैत्त ३ गते । भ्याटिकन सिटिस्थित सेन्ट पिटर्स स्क्वायरमा सामान्यतया हजारौं सर्वसाधारणको उपस्थिति हुन्छ । पोप फ्रान्सिसँग साक्षात्कार गर्न हजारौं सर्वसाधारण भ्याटिकन सिटि पुग्छन् । र प्रत्येक आइतबार पोप फ्रान्सिसले स्क्वायरमा पुग्ने हजारौं श्रद्धालुलाई आर्शिवाद दिनुहुन्छ ।
तर फ्रान्सिसले भने ७६ हजार ८०० वर्गमिटर क्षेत्रफलसहितको स्क्वायर श्रद्धालुविहीन बनेको अवस्थामा आशिर्वाद दिन बाध्य हुनुभयो । उक्त स्क्वायरमा करिब तीन लाख श्रद्धालु अटाउन सक्ने क्षमता छ । तर आइतबार फ्रान्सिसले आर्शिवाद दिने समयमा एकजना सर्वसाधारण पनि उपस्थित थिएनन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनका अनुसार फ्रान्सिसले आइतबार ‘अपोस्टोलिक लाइब्रेरी’ भित्रबाट आर्शिवाद दिनुभयो । सेन्ट पिटर्स स्क्वायर यतिबेला सर्वसाधारणका लागि बन्द गरिएको छ । सर्वसाधारणको अनुपस्थिति रहेपनि उहाँले आफ्नो साताब्यापी औपचारिकतालाई पुरा गर्नुभयो ।
आर्शिवाद दिने क्रममा फ्रान्सिसले भन्नुभयो, “महामारीको यस परिस्थितिमा हामी छुट्टिएर बस्नुपरेको छ, हामी आफ्नो गहिरो जिम्मेवारी खोज्दै चर्चका प्रत्येक सदस्य एकढिक्का भएर उभिनुपर्छ ।” भ्याटिकन सिटि न्युजले उक्त क्षणलाई प्रत्यक्ष प्रसारण गरेको थियो ।
भ्याटिकन न्युजका अनुसार फ्रान्सिसले वृद्ध, गरीब र घरवारविहीनलाई सघाउँदै आएका स्वास्थ्य अधिकारी, स्वंयसेवकको प्रशंसा गर्नुभयो । मध्यान्हको टिप्पणीपछि फ्रान्सिस नजिकै रहेको दुई चर्चमा प्रार्थनाका लागि प्रस्थान गर्नुभयो ।
इटालीका स्वास्थ्य अधिकारीले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न सर्वसाधारणलाई यथासक्दो घरभित्रै बस्न अपील गरेका छन् । पोप फ्रान्सिस भने छोटो यात्रा गर्नुहुँदै चर्चसम्म एक्लै तीर्थयात्रामा जसरी हिंड्नुभयो ।
भ्याटिकनका प्रवक्ताका अनुसार रोम शहर शान्त हुँदा फ्रान्सिसले रोमको १५२२ स्थित गल्लीमा एक्लै यात्रा गर्नुभयो । उहाँले सैन्ट मारिया मगौरी पुगेर महामारी छिट्टै अन्त्य होस् भन्दै प्रार्थना गर्नुभयो ।
भ्याटिकनले इस्टर पर्वको पूर्वसन्ध्यासम्मका लागि भ्याटिकन सिटिको स्क्वायर बन्द रहने घोषणा गरिसकेको छ । इस्टर पर्वमा हजारौं तिर्थालु जमा भएर प्रार्थना गर्छन् । भ्याटिकन सिटिमा सर्वसाधारण जमा भएर फ्रान्सिसलाई अभिवादन गर्ने साप्ताहिक कार्यक्रम अप्रिल १२ सम्मका लागि रोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?