logo
२०८१ असोज ५ शनिवार



फेसबुकले कर्मचारीलाई एक हजार डलर बोनस दिने

अन्तर्राष्ट्रिय |


फेसबुकले कर्मचारीलाई एक हजार डलर बोनस दिने


एजेन्सी
काठमाडौं, चैत्त ५ गते । फेसबुकले आफ्ना कर्मचारीलाई एक हजार डलर बोनस दिने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको बेला घरबाटै काम गरेर सघाएकोमा फेसबुकले कर्मचारीलाई बोनस स्वरुप एक हजार डलर दिने घोषणा गरेको हो ।
फेसबुकले सीएनएनसँगको कुराकानीमा टाढा बसेर घरमै कार्यालय सञ्चालन गरी काम गरेकोमा कर्मचारीलाई बोनस दिन लागेको जनाएको छ । मङ्गलबार फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरवर्गले आन्तरिक रुपमा जारी गर्नुभएको परिपत्रलाई उद्धृत गर्दै द् इन्फोरमेशनले उक्त समाचार लेखेको छ ।
फेसबुकमा कार्यरत कर्मचारीको संख्या करिब ४५ हजार छ । र त्यस्तो बोनस पूर्णकालीन कर्मचारीलाई मात्रै उपलब्ध गराइनेछ । सन् २०१८ मा फेसबुकको प्रतिव्यक्ति औसत वार्षिक तलब दुई लाख २८ हजार ६५१ रहेको थियो ।
फेसबुकका सञ्चालन प्रमुख शेरिल सैन्डवर्गले कोरोना भाइरसको संक्रमणले प्रभावित भएको सानो बजेटमा सञ्चालन गरिएको ब्यापारलाई उकास्न दश करोड डलर खर्च गर्ने जानकारी दिनुभयो । उक्त अनुदान ३० देशमा खर्च गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?