logo
२०८१ असोज ५ शनिवार



हङकङमा कोभिड–१९ को जोखिम दोहोरिदै

अन्तर्राष्ट्रिय |


हङकङमा कोभिड–१९ को जोखिम दोहोरिदै
तस्विर–गेट्टी इमेज, मार्च १४ मा हङकङस्थित एक आवास क्षेत्रमा कोभिड–१९ का केही संक्रमित फेला परेपछि आवास क्षेत्र खालि गराउँदै सुरक्षाकर्मी ।


एजेन्सी
काठमाडौं, चैत्त ५ गते । हङकङमा दोस्रोपटक एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ संक्रमितको पुष्टि भएको छ । जनवरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हङकङमा त्यस यता निरन्तर रुपमा संक्रमितको संख्या घट्दै आएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बुधबार हङकङमा १४ जना नयाँ संक्रमितको पुष्टि भएको छ । एकजना बाहेक बाँकी सबै पछिल्ला दिनमा अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । हङकङमा संक्रमितको संख्या १८२ पुगेको छ । हङकङको स्वास्थ्य संरक्षण केन्द्रका वङ का हिङले विश्वविद्यालय बन्द भएपछि भारी संख्यामा विद्यार्थीहरु घर फर्किन लागेको भन्नुहुँदै सतर्क गराउनुभएको छ ।
हङकङमा बुधबार फेला परेको संक्रमणले कोरोना भाइरसको संक्रमण पुनः सुरु हुन सक्ने र नयाँ केन्द्रबिन्दु बनाउन सक्ने सम्भावना देखिएको छ । सीएनएनका अनुसार बिहिबारदेखि लागु हुने गरी हङकङमा अन्तर्राष्ट्रिय यात्रा गरेर फर्केकालाई १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने निर्णय गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?