logo
२०८१ असोज ५ शनिवार



भारतमा दश दिनका लागि रेल्वे सेवा बन्द

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा दश दिनका लागि रेल्वे सेवा बन्द


एजेन्सी
काठमाडौं, चैत्त ९ गते । भारतीय रेल्वेले दश दिनका लागि देशभरिका रेल सेवा ठप्प गर्ने निर्णय गरेको छ । रेल्वे निकायले वस्तु आपूर्तिका लागि प्रयोग हुने रेल सेवा भने सुचारु रहने प्रष्ट्याएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइ संस्करणले रेल्वे अधिकारीलाई उद्धृत गर्दै आइतबार मध्यरातिदेखि सुरु हुने गरी रेल्वे सेवा ठप्प हुन लागेको जनाएको छ । मार्च ३१ सम्म रेल सेवा स्थगित रहने उसले उल्लेख गरेको छ । यद्दपी उसले आज प्रस्थान गरेको रेललाई भने गन्तब्यसम्म पुग्न दिने जनाएको छ ।
भारतीय रेल्वे सञ्जाल विश्वकै सबैभन्दा लामो दूरीमध्येको सञ्जाल अन्तगर्त पर्छ । जसको लम्बाइ करिब एक लाख २३ हजार २३६ किलोमिटर रहेको छ । जसले दैनिक दुई करोड तीस लाख यात्री र तीस लाख टन वस्तु ओसारपोसार गर्छ । कोभिड–१९ को संक्रमण भारतमा तीब्र रुपमा फैलिरहँदा सरकारको निर्देशनमा विभागले यस्तो निर्णय लिएको जनाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?