logo
२०८१ असोज ६ आईतवार



भारतमा कोरोना संक्रमित संख्या एक हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमित संख्या एक हजार नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । भारतमा कोभिड–१९ भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोभिड–१९ संक्रमितको संख्या आइतबारसम्म १०२४ पुगेको छ ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा आइतबार कोभिड–१९ सक्रिय रहेको बिरामी ९०१ पुगेको जनाएको छ । संक्रमणको पुष्टि भएको ९६ जना बिरामी उपचारपछि निको भई घर फर्केका छन् । मन्त्रालयले कोभिड–१९ बाट हालसम्म २७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
कोभिड–१९ संक्रमणको त्रासका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले गत् मंगलबार २१ दिनका लागि भारत लकडाउनको घोषणा गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?