logo
२०८१ असोज ६ आईतवार



प्रयोगकत्र्ता बढेपछि न्युजिल्याण्ड प्रहरीको वेभसाइट ‘क्रयाश’

अन्तर्राष्ट्रिय |


प्रयोगकत्र्ता बढेपछि न्युजिल्याण्ड प्रहरीको वेभसाइट ‘क्रयाश’


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । विश्वका अन्य राष्ट्र जस्तै न्युजिल्याण्ड पनि लकडाउनमा छ । कोभिड–१९ को संक्रमण फैल्ने जोखिममै न्युजिल्याण्डले अन्तर्राष्ट्रिय उडान, सीमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । र कोभिड–१९ बारे गुनासो र विवरण उपलब्ध गराउन न्युजिल्याण्ड प्रहरीले गत् सातादेखि प्रहरीको वेभसाइट प्रयोग गर्न आग्रह गर्यो ।
उक्त वेभसाइटमा प्रहरीले सावधानीका उपाय अबलम्बन नगर्नेबारे गुनासो गर्न नागरिकलाई अपील गरेको थियो । गुनासो दत्र्ता गर्न खुला गरिए लगत्तै इन्टरनेट प्रयोगकत्र्ताको भिड जमा हुन सुरु भयो । न्युजिल्याण्ड सरकारले लकडाउनको क्रममा राखेको शर्त पालना नगरेको भन्दै प्रयोगकत्र्ताले एकपछि अर्को गुनासो दत्र्ता गर्न थाले । प्रयोगकत्र्ताको भिड लगातार बढेपछि वेभसाइट क्रयाश हुन पुगेको छ । र उक्त क्रम एक सातासम्म चलेको छ ।
न्युजिल्याण्डका प्रहरी कमीश्नर माइक बुशका अनुसार सञ्चालनमा आएको तीन दिनमै करिब चार हजार दुई सय गुनासो दत्र्ता गरियो । लकडाउनको पालना नगर्नेमा क्विन्सटाउनस्थित एक ६० जनाको समूह र केही पर्यटकहरु रहेको उहाँले बताउनुभयो । लकडाउनकै क्रममा न्युजिल्याण्डको क्विन्सटाउन, क्राइष्टचर्च, वेलिंग्टन लगायतको शहरमा उल्लघंन गर्ने देखियो । कतिसम्म भने घरबाहिर युवाको समूह रग्बी खेलेको, पर्यटक झुण्डमा हिंडेको, छरछिमेकका व्यक्ति निर्वाद रुपमा सुरक्षाका उपाय नअपनाइ सडकमा देखापरेको किसिमका गुनासोसहित दुईदिनमै दुई हजार गुनासो दत्र्ता हुन पुग्यो ।
न्युजिल्याण्ड सरकारले लकडाउनको क्रममा घरबाहिरबाट ननिस्किन निर्देशन दिएको थियो । अत्यावश्यक कामका लागि घरबाहिर निस्किनुपर्ने भए व्यक्तिगत् सुरक्षाका उपाय अपनाएर मात्रै निस्किन आग्रह गरिएको थियो । घर बाहिर निस्किदा कम्तिमा साढे फिट दूरी बनाउन प्रहरीले आग्रह गरेको थियो ।
प्रहरीले गुनासो आधारमा तीनजनालाई नजरबन्दमा राखिएको छ । अर्को एकजना प्रहरी हिरासतमा छन् । न्युजिल्याण्डको जनसंख्या करिब ५० लाख रहेको छ । हालसम्म न्युजिल्याण्डमा कोभिड–१९ संक्रमणको पुष्टि ५५० जनामा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?