logo
२०८१ असोज ६ आईतवार



टोक्यो ओलम्पिक सन् २०२१ को जुलाइमा गर्ने आईओसीको निर्णय

अन्तर्राष्ट्रिय |
खेलकुद |


टोक्यो ओलम्पिक सन् २०२१ को जुलाइमा गर्ने आईओसीको निर्णय


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १७ गते । टोक्यो ओलम्पिक खेलकुद २३ जुलाई, २०२१ मा हुने तय गरिएको छ । कोरोना भाइरसको महामारीले स्थगित भएको टोक्यो ओलम्पिक २०२१ को अगष्ट ८ तारेखसम्म चल्नेछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको कार्यकारी समितिको सोमबार बसेको बैठकले जापानको टोक्योका लागि निर्धारित ओलम्पिक खेलकुद जुलाई, २०२१ मा गर्ने निर्णय गरेको हो । सन् २०२१ मा हुने भएपनि ओलम्पिकको उक्त संस्करणलाई टोक्यो ओलम्पिक २०२० नै सम्बोधन गरिनेछ ।
ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाकले भन्नुभयो, “मानव समुदाय यतिबेला अन्ध्यारो टनेल भएर गुज्रिदैछ, टोक्यो ओलम्पिक २०२० टनेलको अन्त्यतिर प्रकाशको रुपमा आउनेछ ।” टोक्यो ओलम्पिक सन् २०२० को अगष्ट २४ मा सुरु भई सेप्टेम्बर पाँच सम्म हुने निर्धारण गरिएको थियो ।
आधुनिक ओलम्पिकको १२४ को इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद सारिएको छ । सन् १९१६ मा पहिलो विश्व युद्ध र सन् १९४० र १९४४ मा दोस्रो विश्व युद्धका कारण ओलम्पिक खेलकुद रद्द गरिएको थियो । शितयुद्धको कारण मस्कोका लागि निर्धारित ग्रीष्म खेलकुद सन् १९८० मा र लस एन्जेल्समा सन् १९८४ मा सम्भव भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?