logo
२०८१ असोज ६ आईतवार



संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन स्थगित

अन्तर्राष्ट्रिय |


संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २० गते । बेलायतले आगामी नोभेम्बरका लागि निर्धारित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन स्थगित गर्ने जनाएको छ । नोभेम्बर महिनामा बेलायतको ग्लासगोमा बेलायत र इटालीले संयुक्त रुपमा जलवायु सम्मेलन आयोजना गर्ने निर्धारण गरिएको थियो ।
बेलायत सरकारले एक वक्तब्य जारी गरी विश्वब्यापी कोभिड–१९ को संक्रमण र महामारीले सम्मेलन तात्कालका लागि स्थगित गरिएको उल्लेख गरेको छ । बेलायतले उक्त सम्मेलन सन् २०२१ मा गर्ने जनाएपछि थप निर्धारण पछि मात्रै गरिने जनाएको छ । जलवायु सम्मेलन नोभेम्बर ९ मा सुरु भई १९ सम्म चल्ने तय गरिएको थियो ।
सम्मेलनमा सहभागी हुने राष्ट्र सम्मिलित राष्ट्र संघीय जलवायु सम्मेलन स्वरुपका सदस्य तथा बेलायत र इटालीले संयुक्त रुपमा छलफलपछि उक्त निर्णय लिएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?