logo
२०८१ असोज ६ आईतवार



कोरोनाभाइरसको सामना गर्दा कोही एक्लिन्न –भारतीय प्रधानमन्त्री मोदी

अन्तर्राष्ट्रिय |


कोरोनाभाइरसको सामना गर्दा कोही एक्लिन्न –भारतीय प्रधानमन्त्री मोदी


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २१ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सामना गर्न समग्र देशबासीलाई एक हुन आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसरुपी अन्ध्यारोलाई परास्त गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
शुक्रबार देशवासीको नाममा सम्बोधन गर्नुहुँदै उहाँले कोरोना भाइरसरुपी अन्ध्यारोलाई परास्त गर्न एकैपटक एक अर्ब ३९ करोड भारतीयलाई दीप प्रज्जवलन गर्न आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसरुपी अन्ध्यारोको सामना गर्न कुनै पनि भारतीय एक्लो नरहेको सन्देश दिन नौ मिनेटसम्म दीप प्रज्जवलन गर्न आग्रह गर्नुभयो । मोदीले आइतबार राति नौ बजे नौ मिनेटसम्म घर र ढोका अगाडि दीप, टर्च वा मैनबत्ती बाल्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एक अरब तीस करोड जनता घरभित्र लकडाउन रहँदा एक्लिएको महसुस गरेको हुनसक्छ, तर हामी कोही एक्लो छैनौं ।” कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि मार्च २४ मा देशबासीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले २१ दिने लकडाउनको घोषणा गर्नुभएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोरोना भाइरसको संक्रमणबाट हालसम्म करिब ७० जनाको मृत्यु भइसकेको छ । भाइरसका दुई हजार पाँच सय संक्रमित छन् । पछिल्लो तीन दिनमा मात्रै भारतमा संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?