logo
२०८१ असोज ६ आईतवार



प्रहरीमाथि थुक्ने कोरोना संक्रमितलाई छ महिना कैदको सजाय

अन्तर्राष्ट्रिय |
समाज |


प्रहरीमाथि थुक्ने कोरोना संक्रमितलाई छ महिना कैदको सजाय
तस्विर- बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २१ गते । कोरोना भाइरसको संक्रमण सुरु भए यता विश्वका अधिकांश राष्ट्रले सचेतना अभियान चलाएको छ । कोरोना संक्रमित बिरामीको खोकी र हाछ्युँको सम्पर्कमा आउने व्यक्तिमा संक्रमण फैल्ने जोखिम बढी हुन्छ । व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा सावधानी अपनाउन सामाजिक सञ्जालदेखि रेडियो, टेलिभिजनमा विज्ञापन मिनेट पिच्छे देखाइएको छ । तर लण्डनमा एकजना संक्रमितले नियतवश प्रहरीको मुखमा थुक्न पुगे । र उनले नियतवश गरेको गलतीले छ महिनाका लागि कैदमा बस्नुपरेको छ ।
बीबीसीका अनुसार घटना लण्डनको वेष्टमिन्स्टरको हो । ५५ वर्षीय एडम लेविसले प्रहरी अधिकारीमाथि थुक्न पुगे । लेविसलाई खोज्दै प्रहरी उनको नजिक पुगेर नियन्त्रणमा लिन खोज्दा उनले आफू कोभिड–१९ को संक्रमित रहेको र संक्रमण सार्न बनाउन अनुहारमा थुक्ने बताए । गत् मंगलबार अपरान्ह उक्त घटना हुनु अघि प्रहरीलाई एक सर्वसाधारणले उनको संक्रमणबारे जानकारी गराएका थिए ।
घटना अदालतसम्म पुग्यो । वेष्टमिन्स्टरका न्यायिक अधिकारीले संकटकालीन अवस्थामा खटेका अधिकारीमाथि आक्रमण गरेको दोषी ठहर गर्दै छ महिनाको कैद सुनाउनुभयो । प्रहरी अधिकारी कहाँ एकजना व्यक्तिले वेष्टमिन्स्टर क्षेत्रमा एक अपरिचित व्यक्तिको गतिविधिबारे गुनासो गर्नुभएको थियो ।
प्रहरीले तलासि सुरु गर्दा लेविसले हस्तक्षेप गरे । र सतहमा राखिएको मदिराको बोतल प्रहरीमाथि खन्याउँदै खकार अनुहारमाथि थुक्यो । त्यत्तिकैमा सिमित नरही लेविसले प्रहरीलाई दाँतले टोक्ने भन्दै तर्साउँदा स्थानीयको सहयोगमा उनलाई नियन्त्रणमा लिइयो । अधिक्षक हेलेन हार्परले भन्नुभयो, “नागरिकलाई सुरक्षित राख्न हाम्रा अधिकारीले सबैजसो सावधानी र प्रयास गरेका छन् र अधिकांश नागरिकले सरकारले तय गरेको साबधानीका सबै उपाय अपनाएका छन् र प्रहरीलाई सहयोग गरेका छन् ।” तर कानुन पालना गराउने क्रममा भएको घटना भयानक रहेको प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो व्यवहार स्वीकार्य नहुने उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?