logo
२०८१ असोज ६ आईतवार



आगामी दुई सातामा दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी हुने–ट्रम्प

अन्तर्राष्ट्रिय |


आगामी दुई सातामा दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी हुने–ट्रम्प


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता अमेरिकाले कोरोनाभाइरसको संक्रमणले सबैभन्दा बढी मृत्युको सामना गर्ने बताउनुभएको छ । अमेरिकामा आइतबार बिहानसम्म तीन लाख एक हजार ९०२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।
व्हाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा शनिबार राष्ट्रपति ट्रम्पले भन्नुभयो, “अमेरिकाले थुप्रै मृत्युको सामना गर्नेछ, यद्दपी सावधानीका उपायहरु सतर्कतापूर्वक अपनाइए संख्या कम गर्न सकिन्छ ।” अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट आठ हजार २९१ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाभाइरस कार्यदलका सदस्य डा. मेरी बर्कले आगामी दुई साता मृत्युको घटनामा वृद्धि हुने राष्ट्रपति ट्रम्पको धारणामा सहमति जनाउनुभयो ।
पछिल्लो चौबिस घण्टामा अमेरिकामा २३ हजार ९४९ जना नयाँ संक्रमित थपिएका छन् । एक हजार २३ जना संक्रमितको शनिबार मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?