logo
२०८१ असोज ६ आईतवार



भारतमा कोरोना संक्रमित पाँच हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोना संक्रमित पाँच हजार नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २६ गते । एकैदिन ७७३ जना नयाँ संक्रमित थपिएपछि भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार बिहानसम्म कोभिड–१९ संक्रमित हुने पाँच हजार १९४ दत्र्ता गरिएको छ ।
मन्त्रालयका अनुसार चार हजार ६४३ मा कोरोनाभाइरसको संक्रमण सक्रिय रहेको छ । ४०१ जना उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित दशजनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट भारतमा १४९ जनाको मृत्यु भएको हो ।
मन्त्रालयले कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी आर्थिक राजधानी समेत रहेको मुम्बई शहर सम्मिलित महाराष्ट्र हो । बुधबार बिहानसम्म महाराष्ट्रमा एक हजार १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तामिलनाडूमा ६९० तथा दिल्लीमा ५७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको समाचार संस्था एएनआईले उल्लृेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?