logo
२०८१ असोज ६ आईतवार



ट्वीटरका संस्थापक डोर्सेद्वारा१ अर्ब डलर सहयोगको घोषणा

अन्तर्राष्ट्रिय |


ट्वीटरका संस्थापक डोर्सेद्वारा१ अर्ब डलर सहयोगको घोषणा


वासिङ्टन, चैत्त २६ गते। सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नु भएको छ । यद्दपी उहाँले आफ्नो कुल सम्पत्तीको एक तिहाई राहतमा खर्चिने योजना बनाएको बताएपनि तात्कालका लागि उक्त सहयोगको घोषणा गर्नुभयो ।
कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहत कार्यमा खर्चिने गरी उहाँले एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
उक्त रकम डोर्सेले स्थापना गरेको स्क्वाएर इन्कको लगानीबाट उपलब्ध गराउने बताइएको छ । ट्वीटमा डोर्सेले आफ्नो सम्पत्तिको झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ । उहाँले संकटकाल अवस्थामा खर्चिनलाई आफू आफ्नो जिवन अवधिमै आफूले उपलब्ध गराउने राहत कोषको प्रभाव परेको देख्न इच्छुक रहेकोले तात्काल उपलब्ध गराउने टिप्पणी गर्नुभयो । डोर्सेले संकटकालीन अवस्थामा राहतको आवश्यकता अहिले नै बढी आवश्यक रहेको श्र्रखंलाबद्ध ट्वीट गर्ने क्रममा खुलाउनुभयो । 
फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?