logo
२०८१ असोज ६ आईतवार



सिंगापुरमा कार्यरत विदेशी कामदार बढी संक्रमित

अन्तर्राष्ट्रिय |


सिंगापुरमा कार्यरत विदेशी कामदार बढी संक्रमित


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २७ गते । सिंगापुरमा एकैदिन २८७ जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । सिंगापुरमा एकैदिनमा नयाँ संक्रमित थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । नयाँ थपिएका संक्रमितमध्ये अधिकांश आप्रवासी कामदार रहेका छन् ।
सिंगापुरका द स्ट्रैट टाइम्स पत्रिकाको अनलाइन संस्करणका अनुसार थपिएका संक्रमितसँगै सिंगापुरमा कोरोनाभाइर संक्रमितको संख्या एक हजार ९१० पुगेको छ । राष्ट्रिय सुरक्षाबारे समन्वय गर्ने मन्त्री तिउ ची हिनले कोरोनभाइरसको सामना गर्न बहुमन्त्रालय सम्मिलित कार्यदल गठनको प्रस्ताव गर्नुभएको छ ।
राष्ट्रिय विकास मन्त्री लौरेन्स वङले विदेशी कामदारहरुमा संक्रमणको स्थिति भयावह रहेको बताउनुभयो । उहाँले सिंगापुरको प्रहरी र सशस्त्र बल कोरोनाभाइरसको संक्रमण फैल्न नदिन सतर्कतापूर्वक परिचालन गरिएको उल्लेख गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?