logo
२०८१ असोज ६ आईतवार



तालिबानी लडाकु समूहले २० अफगानिस्तानी अधिकारीलाई मुक्त गर्ने

अन्तर्राष्ट्रिय |


तालिबानी लडाकु समूहले २० अफगानिस्तानी अधिकारीलाई मुक्त गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ३० गते । तालिबानी लडाकुले अफगानिस्तानका २० जना सरकारी अधिकारीलाई मुक्त गर्ने घोषणा गरेको छ । तालिबानी लडाकु समूहका प्रवक्ता सुहैल शाहीनले आइतबार काबुल प्रशासनका २० जना अधिकारीलाई मुक्त गरिने एक वक्तब्य जारी गरी उल्लेख गरेका छन् ।
प्रवक्ता शाहीनले २० जना अधिकारीलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई बुझाइने जनाएका छन् । अफगानिस्तान सरकारले तालिबानी लडाकु समूहका केही सदस्यलाई कैद मुक्त गरेपछि जवाबमा सरकारी अधिकारीहरुलाई मुक्त गर्न लागिएको सञ्चारमाध्यम अलजजिरालाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ ।
अफगानिस्तान सरकारले गत् बुधबार तीनसय तालिबानी लडाकुलाई मुक्त गरेको थियो । फेब्रुअरी २९ मा अफगानिस्तान सरकार, अमेरिका र तालिबान लडाकुबीच शान्ती वार्ता भएको थियो । सम्झौता बमोजिम अफगानिस्तान सरकारले पाँच हजार लडाकु र लडाकु समूहले एक हजार अफगानिस्तानी अधिकारीलाई मुक्त गर्नेछ । तालिबानी लडाकु समूह आतंकवादी समूहको रुपमा परिचित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?