logo
२०८१ असोज ६ आईतवार



कोरोनाभाइरसका बिरामीमा उपयोगि हुने ठानिएको औषधी अमेरिका पुग्यो

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


कोरोनाभाइरसका बिरामीमा उपयोगि हुने ठानिएको औषधी अमेरिका पुग्यो
तस्विर-एएनआइ


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ३० गते । कोरोनाभाइरस विरुद्ध उपयोगि हुने ठानिएको हाइड्रोक्सीक्लोरोक्वीनको बोकेको जहाज भारतबाट अमेरिका पुगेको छ । अमेरिकाको नेवार्क विमानस्थलमा उक्त जहाज अवतरण गरेको अमेरिकाका लागि भारतीय राजदूत तरनजितसिंह सन्धुले जानकारी दिनुभएको छ ।
भारतीय राजदूत सन्धुको आधिकारिक ट्वीटर हयाण्ड्लबाट गरिएको ट्वीटमा कोभिड–१९ विरुद्ध लड्न आफ्ना सहयोगी राष्ट्रलाई सहयोग गर्ने अवधारणा अनुरुप औषधी बोकेको जहाज अवतरण भएको जानकारी गराउनुभएको छ । साताको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधीको निर्यातमाथि प्रतिबन्ध हटाएकोमा भारतलाई धन्यवाद दिनुभएको थियो ।
अमेरिकाले भारतबाट दुई करोड ९० लाख खुराक खरिद गरेको छ । अमेरिकाको खाद्य विभागले कोरोनाभाइरस संक्रमितमा हाइड्रोक्सीक्लोरो क्वीन चलाउन अनुमति दिइसकेको छ । मलेरिया रोगमा काम लाग्ने उक्त औषधीको सेवनबारे विशेषज्ञले अझै आफ्नो राय स्पष्ट गरिसकेको छैन् । औषधीको सेवनले अन्य उपद्रव हुन सक्ने स्वास्थ्यविज्ञहरुको सुझाब छ ।
यसैबीच, फ्रान्समा टुंगिएको एक प्रयोगशाला परीक्षण अध्ययनले हाइड्रोक्सीक्लोरोक्वीनको सेवनले कोरोनाभाइरसका ९१.७ प्रतिशत संक्रमित मुक्त भएका छन् । फ्रान्समा कोरोनाभाइरस संक्रमित एकहजार ६१ जना बिरामीमा हाइड्रोक्सीक्लोरोक्वीनको खुराक दिइएको थियो । एन्टीबायोटिकसँगै औषधीको सेवनले दशदिनमा परिणाम मुक्त भएको अध्ययनबाट खुलेको हो । १५ दिनसम्म सेवन गरे ९५ प्रतिशत निको हुने अध्ययनले देखाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?