logo
२०८१ असोज ६ आईतवार



खाद्य आपूर्तिको श्रृखंला टुट्ने जोखिम बढेको राष्ट्र संघको चेताबनी

अन्तर्राष्ट्रिय |
समाज |


खाद्य आपूर्तिको श्रृखंला टुट्ने जोखिम बढेको राष्ट्र संघको चेताबनी


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले विश्वमा खाद्य आपूर्तिको श्रृखंला टुट्ने जोखिम बढेको चेताबनी दिएको छ । कोरोनाभाइरस महामारीको कारण खाद्य आपूर्ति नियमित हुन नसकेकोले आपूर्तिको श्रृखंला टुट्दै अभाव सृजना हुने राष्ट्र संघको खाद्य तथा कृषि संगठनले चेताबनी दिएको हो ।
खाद्य तथा कृषि संगठनले एक प्रतिवेदन सार्वजनिक गर्दै खाद्य आपूर्तिको श्रृखंला टुट्दा आपूर्तिमा आउन लागेको समस्याको सामना गर्न केही सुझाब दिएको छ । उसले संकटालीन खाद्य सहयोग बिस्तार गर्न जरुरी रहेको जनाउँदै सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सुझाएको छ । खाद्य तथा कृषि संगठनले सरकारी निकाय तथा अनुदान एवम् दातृ निकायबाट सञ्चालित कार्यक्रमको माध्यमले कमजोर तथा विपन्न समुदायमा खाद्य आपूर्ति गर्न आग्रह गरेको छ ।
संगठनका अनुसार कोरोनाभाइरसको महामारीले निम्ताएको संकटले विश्वभरिका ८७ प्रतिशत छात्रछात्रा प्रभावित हुनेछ । विद्यालय पुर्नसञ्चालन हुँदा पोषणयुक्त आहार बालबालिकालाई उपलब्ध गराउन संगठनले सुझाएको छ ।
प्रतिबेदनका अनुसार १६० राष्ट्रले देशब्यापी रुपमा लागू गरेको बन्दीले विश्व छात्रछात्रा जनसंख्याको ८७ प्रतिशतमा प्रभाव परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?