logo
२०८१ असोज ६ आईतवार



रमजान पर्वमा लकडाउनको पूर्ण पालना गर्न इस्लामिक सेन्टरको आग्रह

अन्तर्राष्ट्रिय |


रमजान पर्वमा लकडाउनको पूर्ण पालना गर्न इस्लामिक सेन्टरको आग्रह
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । इस्लामिक सेन्टर अफ इन्डियाले रमजानको महिनामा लकडाउनको पूर्ण पालना गर्न सल्लाह दिएको छ । इस्लामिक सेन्टर अफ इन्डियाका अध्यक्ष मौलाना खालिद राशिद फिरंगी महालीले रमजान पर्वको क्रममा लकडाउनको पूर्ण पालना गर्न सुझाब दिनुभएको हो ।
अध्यक्ष महालले रमजानको चन्द्रमा अप्रिल २४ तारेखमा देखिने जानकारी दिनुभएको छ । र भोलीपल्ट रोजा सुरु हुने उल्लेख गर्नुभएको छ । लकडाउनको क्रममा मस्जिदसम्म पुग्न नसकिने भएकोले घरमै बसेर प्रार्थना गर्न तथा लकडाउनको पूर्ण पालना गर्न अध्यक्ष महालले आग्रह गर्नुभएको छ । मस्जिदमा रहनेले मात्रै त्यहाँ प्रार्थना गर्न सकिने भएपनि चार वा पाँचजनाभन्दा बढीलाई मस्जिदमा जमा नहुने उहाँले सुझाब दिनुभएको छ ।
राष्ट्रब्यापी लकडाउनको क्रममा अभावमा हुने गरिब तथा विपन्न समुदायलाई दान दिन तथा भोजन गराउन इस्लामिक सेन्टर अफ इन्डियाका अध्यक्ष महालले जोड दिनुभएको छ ।
कोरोनाभाइरसको संक्रमण फैल्ने जोखिमका बीच भारतले सामाजिक दूरी पालना गर्दै लकडाउनको घोषणा गरेको केही दिन नबित्दै एकै स्थानमा दुई हजार बढी इस्लाम धर्माबलम्बीले धार्मिक सभा राखेको थियो । उक्त सभा पूर्व निर्धारित नै रहेपनि सचेतना अपनाउन नसक्दा दर्जनौं व्यक्ति संक्रमित हुन पुग्यो । नयाँ दिल्लीस्थित निजामुद्दीनको मरकसमा सहभागी दुई हजार इस्लाम धर्माबलम्बी सहभागी थिए । अस्पतालमा र क्वारेन्टाइनमा राखिएका संक्रमितले अभद्र व्यवहार देखाएको भारतीय सञ्चारमाध्यमले दाबी गरिरहँदा धार्मिक संगठनको तर्फबाट यस्तो सुझाबहरु आएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?