logo
२०८१ असोज ६ आईतवार



भारतमा कोरोना संक्रमित हुने १० हजार नाघ्यो

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


भारतमा कोरोना संक्रमित हुने १० हजार नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । भारतमा कोरोनाभाइरस संक्रमित हुने दश हजार नाघेको छ । अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोनाभाइरस संक्रमित हुने दश हजार ४५३ पुगेको छ । विश्वमा संक्रमित हुने १९ लाख २० हजार छन् ।
विश्वविद्यालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमणबाट ३५८ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयले भने मृतकको संख्या ३३९ रहेको जनाएको छ । आठ हजार ९८८ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमित भारतको आर्थिक राजधानी मुम्बई शहर रहेको महाराष्ट्रमा दत्र्ता गरिएको छ । महाराष्ट्रमा दुई हजार ३३४ जना संक्रमित छन् । दिल्लीमा एक हजार ५१० र तामीलनाडूमा एक हजार १७३ जना संक्रमित छन् । राजस्थानमा ८७३, मध्यप्रदेशमा ६०४, तेलंगानामा ५६२ र उत्तरप्रदेशमा ५५८ जना संक्रमित छन् । 
गुजरातमा ५३९, आन्ध्रप्रदेशमा ४३२ र केरलामा ३७९ जना संक्रमित छन् । जम्मु काश्मिरमा संक्रमित हुने २७० पुगेको छ । कर्नाटकामा २४७, पश्चिम बंगालमा १९०, हरियाणामा १८५ र पञ्जाब प्रान्तमा १६७ जना संक्रमित पुष्टि भएको छ । बिहारमा ६५ जनामा संक्रमणको पुष्टि भएको छ । पीटीआईका अनुसार ओडिशामा ५४, उत्तराखण्डमा ३५, हिमाचल प्रदेशमा ३२ तथा छत्तीसगढमा ३१ जना संक्रमित छन् ।
झारखण्डमा २४, चण्डीगढमा २१ र लद्दाखमा १५ तथा अण्डमन र निकोबार द्वीपमा ११ जनामा संक्रमणको पुष्टि भएको छ ।
समाचार संस्था पीटीआईका अनुसार सोमबार साँझदेखि मंगलबार बिहानसम्म १५ जनाको मृत्यु भएको छ । ११ जना महाराष्ट्रमा र चारजना दिल्लीमा संक्रमणबाट मृत्यु भएको हो । ३३९ मृत्यु भएकोमा महाराष्ट्रमा सबैभन्दा बढी १६० रहेको छ । मध्यप्रदेशमा ४३, दिल्लीमा २८, गुजरातमा २६ र तेलंगानामा १६ जनाको हालसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जारी गरेको वक्तब्यमा उल्लेख छ ।
पञ्जाब र तामीलनाडूमा सामान एघार जना, पश्चिम बंगाल र आन्ध्रप्रदेशमा सात सातजनाको मृत्यु भएको छ । कर्नाटकामा छ, उत्तरप्रदेशमा पाँचजनाको मृत्यु भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?