logo
२०८१ असोज ६ आईतवार



'आगामी दुई-तीनसाता कोरोनाभाइरस विरुद्ध लड्न भारतका लागि सबैभन्दा महत्वपूर्ण'

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


'आगामी दुई-तीनसाता कोरोनाभाइरस विरुद्ध लड्न भारतका लागि सबैभन्दा महत्वपूर्ण'


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३ गते । भारतमा कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न आगामी दुईदेखि तीन साता अत्यन्तै महत्वपूर्ण हुने बताइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री डा. हर्षवद्र्धनले कोभिड–१९ विरुद्ध लड्न आगामी दुईदेखि तीन साता सबैभन्दा बढी महत्वपूर्ण हुने बताउनुभएको हो ।
भारतमा करिब चार सय जिल्ला हालसम्म कोरोनाभाइरस संक्रमितबाट मुक्त छन् । भारतमा कुल ७२० जिल्ला छन् । केन्द्रीय सरकारले जिल्लागत् रुपमा कोभिड–१९ को संक्रमितको अवस्था वर्गीकरण गरी नीतिगत् रुपमा अगाडि बढेको छ । स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले भिडियो सम्मेलन गरी चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित फेला परेको भोलीपल्टैदेखि भारतले तयारी सुरु गरेको दाबी गर्नुभयो । उहाँले सात जनवरीमा पहिलो संक्रमितको पुष्टि भएपछि भारतले विज्ञहरुसँग छलफल गरी आवश्यक निर्देशनसहितको सावधानीको उपाय अपनाउन सुरु गरेको प्रष्ट्याउनुभयो ।
समाचार संस्था एएनआइका अनुसार भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार ९३३ पुगेको छ । दश हजार १९७ जनामा कोरोनाभाइरस सक्रिय छन् । एक हजार ३४४ जना उपचारपछि घर फर्किएका छन् । भारतमा प्रत्येक दिन करिब एक हजारजना नयाँ संक्रमित थपिदै छन् । महाराष्ट्र र नयाँ दिल्ली कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा छन् । दुबै राज्यमा सबैभन्दा बढी संक्रमित छन् । हालसम्म कोरोनाभाइरस संक्रमणले भारतमा करिब चारसयजनाको मृत्यु भइसकेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?