logo
२०८१ जेष्ठ ७ सोमवार



चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने

अन्तर्राष्ट्रिय |
फिचर |


चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने


वेइजिंग, वैशाख ३ गते । चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोविड १९ महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिनुभएको हो । उहाँकाअनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो ।
विश्वमा कोविड १९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा रहेको भन्दै यस्तो अवस्थामा विभिन्न देशमा स्वास्थ्य सामग्री तथा कतै मेडिकल टिम नै पठाएको हो ।
चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताउनुभयो ।
चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा साउदी अरेबियामा भएको क्षतिबारे दुःख व्यक्त गरेको प्रसंग उहाँले उल्लेख गर्नुभयो ।
हाल साउदी अरेबियामा कोविड १९ को महामारी बढ्दै गएको छ । सोही कारण साउदी अरब सरकारको आग्रहपछि सो मेडिकल टिम पठाइएको चीनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?