logo
२०८१ असोज ६ आईतवार



उत्तर कोरियाका विद्रोही दक्षिण कोरियामा सिउलबाट सांसद निर्वाचित

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


उत्तर कोरियाका विद्रोही दक्षिण कोरियामा सिउलबाट सांसद निर्वाचित
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते । उत्तर कोरियाबाट पलायन हुनुभएका एकजना विद्रोही दक्षिण कोरियाली संसदीय चुनाबमा निर्वाचित भएको छ । ताइ योङ–होले दक्षिण कोरियामा बुधबार सम्पन्न संसदीय चुनाब जित्नुभएको हो ।

बेलायतको लागि उत्तर कोरियाका उपराजदुत समेत रहिसकेका थाइ सन् २०१६ मा विद्रोह गरेर दक्षिण कोरिया पुग्नुभयो । उत्तर कोरियाबाट विद्रोह गर्ने उहाँ अहिलेसम्मकै सबैभन्दा उच्च ओहोदाका अधिकारी हुनुहुन्छ । सिउलमा विपक्षी यूनाइटेड फ्युचर पार्टीबाट उच्च महत्वको राजधानी सिउलको गनग्म जिल्लाबाट चुनाबमा स्पर्धा गर्नुभएको थियो । र ५८.४ प्रतिशत मत ल्याएर विजयी हुनुभएको छ । चुनाबको नतिजा घोषणापछि उहाँ रोएको तस्विर सार्वजनिक भएको छ ।

बीबीसीले नतिजा अघि उहाँले आफ्नो चुनाबी दौडले उत्तर कोरियाको ठालु वर्ग सत्ता विरुद्ध विद्रोह गर्ने आँट गरे आउनसक्ने उपलब्धी सम्बन्धमा विशेष सन्देश दिने बताएको उल्लेख गरेको छ । उहाँले भन्नुभयो, “म उनीहरुलाई भन्न चाहन्छु, उनीहरुको भविष्यको लागि नयाँ बाटो छ ।”
दक्षिण कोरियामा बुधबार संसदीय चुनाब सम्पन्न भएको छ । कोरोनाभाइरस महामारीका बीच भएको चुनाबमा ६६.२ प्रतिशत मत खसेको थियो । दक्षिण कोरियाका राष्ट्रपति मुज जै–इनको डेमोक्रयाटिक पार्टीले स्पष्ट बहुमत ल्याएको छ । ३०० संसदीय क्षेत्रमा उहाँको दलले १६२ सिट जितेको छ ।

उत्तर कोरियाबाट विद्रोह गरेर ३३ हजार दक्षिण कोरियामा बसेका छन् । असुरक्षित महसुस गरेको र व्यक्तिगत् स्वतन्त्रता तथा अधिकारको खोजीमा वार्षिक करिब एक हजार उत्तर कोरियाली नागरिक दक्षिण कोरिया पलायन हुँदै आएका छन् । सन् २०१६ को अगष्टमा आफू असुरक्षित रहेको भन्दै पूर्व उपराजदूत ताइ उत्तर कोरिया छोडेर दक्षिण सर्नुभएको थियो । उत्तर कोरियाली सञ्चारमाध्यमले भने पूर्व उपराजदूतले देश छोड्दा बाल यौन शोषण गरेको र गोप्य सूचना चुहाएको आरोप लगाएको थियो ।

दक्षिण कोरियाली संसदीय समितिमा ताइले उत्तर कोरियाका जनता दासत्वको जिवन जिउँदै आएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?