logo
२०८१ असोज ६ आईतवार



ब्राजिली राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्री मन्डेट्टालाई हटाए

अन्तर्राष्ट्रिय |


ब्राजिली राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्री मन्डेट्टालाई हटाए
तस्विर-सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेट्टालाई पदबाट हटाउनुभएको छ । कोरोनाभाइरस संक्रमण विरुद्धको त्रासका बीच सफल नीति बनाउन नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्रीलाई हटाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
बाहिरिएका मन्त्री मन्डेट्टाले बिहिबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्नुहुँदै आफूलाई हटाइएको सूचना प्राप्त भएको प्रष्ट्याउनुभएको छ । उहाँको स्थानमा राष्ट्रपतिको चुनाबी अभियानमा सघाउनुभएका ट्युमर सम्बन्धी विशेषज्ञ नेल्सन टैकलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
समाचार संस्था सीएनएनका अनुसार विद्यालय र कारखाना बन्द गरी सामाजिक दूरी बनाउने रणनीतिमा काम गर्दा राष्ट्रपति बोल्सोनारोको समर्थन पाउनुभएको थिएन । राष्ट्रपति बोल्सोनारोले कोरोनाभाइरसको संक्रमणलाई सुरुमा सामान्य फ्लु रहेको भन्दै टार्दै आउनुभएको थियो । सामाजिक दूरी बनाउँदा आर्थिक अवस्था झनै कमजोर हुने राष्ट्रपति बोल्सोनारोको चिन्ता थियो ।
ब्राजिलमा करिब ३० हजार व्यक्ति कोरोनाभाइरसबाट संक्रमित छन् । एक हजार नौसय जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?