logo
२०८१ असोज ६ आईतवार



अहिले पृथ्वी अत्यन्त स्वस्छ र सुरक्षित –अन्तरिक्षयात्री

अन्तर्राष्ट्रिय |
फिचर |


अहिले पृथ्वी अत्यन्त स्वस्छ र सुरक्षित –अन्तरिक्षयात्री
कजाकास्तानको बालखास ताल अन्तरिक्षबाट



गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । अन्तरिक्ष यात्रीहरुले अहिले पृथ्वी अत्यन्त स्वस्छ र सुरक्षित भएको प्रतिक्रिया दिनुभएकाे छ 

दुईसय दिनभन्दा बढी अन्तरिक्षमा बसेर अभियान सम्पन्न गरेर शुक्रबार विहान कजाकास्तानमा अवतरण गर्नुभएका ती अन्तरिक्ष यात्रीहरुले पृथ्वी पहिला भन्दा अतिनै भिन्न रहेको प्रतिक्रिया दिनुभएको हो ।

‘‘२०५ दिने अभियान सकेका अन्तरिक्षयात्री जेसिका र ओलिग र २७२ दिने अभियान सम्पन्न गरेका अन्तरिक्ष ड्रिउ मोर्गानलाई स्वागत छ, घर सुरक्षित र स्वस्छ छ ।’’ नासाले यस्तो उल्लेख गरेर टीव्ट गरेको छ ।

यसअघि उहाँहरुले घरमा पार्टी गरेको, हात मिलाएको, कन्सर्टमा सहभागी भएको र कोरोना भाइरसबारे केही सुन्नुभएको थिएन । अहिले विश्व फरक भएको छ ।

अन्तरिक्ष यात्री जेसिकाले टीव्ट गर्नुहुँदै भन्नुभएको छ, ‘‘अन्तरिक्षबाट पृथ्वीमा झर्नको लागि निर्धारण गरिएको कजाकास्तानको बालखास ताल माथिबाट यस्तो देखिंदैन थियो । अहिले त्यहाँ अवतरण मलाई सपना जस्तो हुनेछ ।’’ –सीएनएन 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?