logo
२०८१ असोज ६ आईतवार



भारतीय जलसेनाका २६ जनामा कोरोनाभाइरसको संक्रमण

अन्तर्राष्ट्रिय |


भारतीय जलसेनाका २६ जनामा कोरोनाभाइरसको संक्रमण


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ७ गते । भारतको मुम्बईस्थित जलसेनाको आइएनएस आंग्रे कमाण्डका २६ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । भारतीय जलसेनाले शनिबार जलसेनाको मुम्बईस्थित कमाण्डका २६ जनामा संक्रमणको पुष्टि भएको जनाएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।
जलसेनाले लक्षण देखिएसँगै २६ जनालाई आइसोलेशन गरिएकोले जहाजमा कार्यरत अन्य कुनै पनि जलसेनामा संक्रमण नरहेको प्रष्ट्याएको छ । संक्रमण रोक्न उक्त इकाईको मुहान बन्द गरिएको छ । एक विज्ञप्ती जारी गरी जलसेनाले कोरोनाभाइरस विरुद्धको लडाईमा सहयोगका लागि पूर्ण तत्पर रहेको उल्लेख गरेको छ ।
जलसेनाले समुद्रको पूर्वीभाग मलाइकादेखि पश्चिममा बाब एल मन्डेबसम्म ब्यापारिक पोतको सुरक्षा गर्न सक्षम रहेको जनाएको छ । अप्रिल ७ मा पहिलोपटक पश्चिमी जलसेना कमाण्डका एकजनामा संक्रमणको पुष्टि भएको थियो । तात्कालै स्क्रिनिंग गरी हल्का लक्षण देखिएको अन्य जलसैनिकलाई अलग्याइएकउो थियो । संक्रमित सबैलाई आईएनएचएस अश्विनिमा कडा निगरानी र स्वास्थ्य हेरचाहमा राखिएको जलसेनाले जनाएको छ ।
जलसेनाले मुम्बई, कोचिन, गोवा र विशाखापटनमस्थित जलसेनाको शिविरमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । गत् मार्च महिनामा इरानबाट ४४ जना धार्मिक समारोहमा सहभागी हुन भारतको लद्दाख र जम्मु काश्मिर आएकोमा सबैलाई क्वारेन्टाइन गरी निगरानीपछि स्वदेश फर्काइएको जलसेनाले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?